back
CTIZAN AD

जिल्ला अस्पतालले बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय

वि.सं.२०७८ चैत १७ बिहीवार

660 

shares

मार्तडी । सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ ।

अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए ।

अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यसबाहेका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । अस्पताललाई जनमुखी बनाउने गरी काम गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको भनाइ छ । सम्मेलनमा ५० शय्याको अस्पताल निर्माणाधीन रहेको र तत्काल सम्पन्न गरी निर्माण भएको नयाँ भवनबाट सेवा प्रदान गर्ने कार्कीले बताउनुभयो ।

अस्पतालमा नर्सिङ कक्षा सञ्चालनका लागि प्रदेश सरकारसँग अनुमतिका लागि पहल गर्ने अध्यक्ष कार्की बताउछन् । अस्पतालमा आएका बिरामीलाई १० प्रतिशत छुट दिँदा नागरिक धेरै राहत पाउने अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताए । अस्पतालको फार्मेसीमा ७५० प्रकारका औषधि रहेको डा जोशीले जानकारी दिए ।

वि.सं.२०७८ चैत १७ बिहीवार ११:४३ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...