back
CTIZAN AD

माओवादीप्रति फेरि जनताको आकर्षण बढेको छ–प्रचण्ड

वि.सं.२०७८ चैत १७ बिहीवार

705 

shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीप्रति फेरि जनताको आकर्षण बढेको बताएका छन् ।

बिहीबार रिर्पोटर्स क्लबको कार्यक्रममा अध्यक्ष प्रचण्डले गतवर्ष घटेका राजनीतिक परिघटनामा माओवादी केन्द्रले खेलेको भूमिकापछि जनतमा एकचोटि फेरि माओवादीप्रति आकर्षण बढेको बतएका हुन् ।

‘म देशभरी घुमेको छु । तपाईहरु सबैले देख्नु भएको छ । एकचोटि फेरि साच्चै संविधान, गणतन्त्र र समावेशीता, समानुपातिकको तथा देशलाई अप्ठेरोबाट रक्षा गर्ने माओवादी केन्द्र नै रहेछ भन्ने बुझाइ जनतामा बृद्दि भएको छ ।’
उनले यसमा आफुले अहंकार नगरेको बताउँदै राजनीतिक स्थायीत्व र आर्थिक विकासको वातावरण बनाउने कुरा प्रमुख रहेको र त्यसको निम्ति निरन्तर लाग्ने बताए ।

May be an image of 8 people and people standing

अध्यक्ष प्रचण्डले शान्ति सम्झौता, संविधान निर्माण, संविधानपछि निर्वाचनतिर देश लैजाने कुरा, गठबन्धन बनाउने कुरा, प्रधानमन्त्री बनाउने कुरा, सेना समायोजन र हतियार व्यवस्थापन गर्ने कुरा सबैमा र पछिल्लो समय एमसीसी सम्म आउँदा पनि देशलाई राजनीतिक अप्ठेरोमा बचाउनेमा माओवादी केन्द्र नै अग्रसर रहेको बताए ।

माओवादी केन्द्रले देशमा प्रत्येक पटक आउने राजनीतिक संकटलाई मोचनका लागि भूमिका खेल्नुपर्ने, तर त्यहि अनुसार सबैले स्वीकार गर्न पनि नसक्ने विचित्रको स्थितिमा माओवादी केन्द्र रहेको पनि अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले गवठबन्धनका बारेमा बोल्दै गठबन्धन संविधान लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको र अगाडि आइरहेको निर्वाचनमा गठबन्धन सँगै जाने भन्नेमा प्रष्ट रहेको समेत बताए ।

‘नेपाली कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कार्यसमितिको पनि गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेकोले त्यसमा कुनै दुविद्या हामीभित्र छैन । हामी मिलेर नै जान्छौ ।’ अध्यक्ष प्रचण्डले भने ।

वि.सं.२०७८ चैत १७ बिहीवार १२:०९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...