काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसीएन मकाउका पूर्वअध्यक्ष पुर्ण गुरुङले एनआरएनएका बारेमा उठेका १० प्रश्नको जवाफ मागेका छन् ।
झण्डै ६ महिनादेखिको लामो विवादपछि कूल आचार्य, रबिना थापा र डा. बद्री केसीबीच आलो–पालो नेतृत्व गर्ने सहमति गर्दै गैरआवासीय नेपाली संघको दशौं अधिबेशन भर्खर सम्पन्न भएको छ । तर, घलेपक्षद्धारा गठित कार्यसमिति, तथा संस्थामा आवद्ध संसारभरीका नेपालीका विभिन्न प्रश्न भने संस्थाका नेतृत्वमाथि आइरहेका छन् ।
एनआरएनए मकाउका पूर्वअध्यक्ष पूर्ण गुरुङले पनि यस्तै प्रश्न गरेका छन् । संस्थाको स्थापनादेखि भएका थुप्रै योजना र अभियानहरू ऐतिहासिक र महत्वपूर्ण रुपमा रहेको बताउँदै गुरुङले भनेका छन्–विदेशमा रहेकाहरुको ज्ञान, मेहनत र पसिनाको भावनात्मक सम्बन्ध स्थापित छ । नेपालीहरूको सबैभन्दा ठूलो र साझा सामाजिक यस संस्थालाई पनि प्रश्न वाचकले छोडेन र चुनौती, अवसर र समस्या पनि कम छैन ।’
यी हु्न गुरुङले उठाएका १२ प्रश्न
१-गैर आवासीय नेपाली संघ ले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा आर्थिक सहयोग आव्हान गरिएको हो। डोल्मा शेर्पा बचाउ अभियान तर उक्त चन्दा रकम हस्तान्तर भयो भएन भन्ने कुरा प्रस्ट बाहिर नआएको कारण चर्चा हुँदै आएको छ।
२-काठमाडौमा निर्माण भएको शंखमुल पार्क भव्य रुपमा उदघाटन चर्चा भए पनि आर्थिक हिसाबकिताब प्रस्ट नभएको कारण कुरा उठी रहन्छ ।
३- एनआरएनए जग्गा र भवन विवादको घेरा बाहिर रहन सकेको छैन ।
४ -पहिलो पटक अन्तर्राष्ट्रिय दातृ निकाय (आइएलओ) बाट प्राप्त रकममा अनियमिता, भ्रष्टाचार, घोटाला र हिनामिना भयो भनी आलोचना भैरहेको छ ।
५-लाप्राक बस्ती निर्माण कार्य सम्पन्न भई तामझामको बीच उदघाटन भयो भने । त्यहाँ रहेका कतिपय वस्तुहरू जस्ता पाता, स्काभेटर आदिहरू के कस्तो अवस्थामा कहाँ छ भनी पटक–पटक कुरा उठाउदै आएको पाइन्छ ।
६- एमआइएस सिस्टम लागु गरी कार्य भएको छ तर व्यापक रुपमा दुरुपयोग भएको भनी विवाद र ठूलो समस्या खडा भएको छ ।
७ -कोभिड–१९ को स्वास्थ्य सामग्री खरिदमा हिसाब किताब पारदर्शिता र बील भर्पाई प्रस्ट नगरेको साथै उक्त सामग्रीहरू आधिकारिक रुपमा कहाँ कति वितरण भयो भनी अभिलेख र रेकर्ड नराखिएको भनी आलोचना भइरहेको पाइन्छ ।
८-संस्थाको आर्थिक कारोबार सानिमा बैक बाट मात्र हुनुले सिमित व्यक्तिको स्वार्थपूर्ति रहेको शंका रहेको छ । आन्तरिक रुपमा ठूलो खिचातानी भएको पाइन्छ ।
९-एनआरएनए प्रतिष्ठान गठन गरि दर्ता भए पनि यथार्थमा के कस्तो विधि र प्रक्रिया अवस्थामा फाइदा वा बेफाइदा सिमितलाई बाहेक अन्यमा चासो र सरोकार नरहेको चर्चा परिचर्चा छ ।
१०-संस्था ले के कस्तो योजना र परियोजना कार्यक्रमहरू सुरु भयो र पूरा भयो भएन कुन अवस्थामा छ भन्ने छलफल र बहस भएका छैनन् भनी नेतृत्वलाई आरोप लागेको छ ।
११-संस्थामा बिभिन्न समयमा आर्थिक सहयोग र चन्दा प्रदान के कति गर्यो । को कसले कुन समयमा र काम चन्दा सहयोग बचन दिए पनि प्रदान भयो वा भएन भन्ने कहिले कतै पनि छलफल र बहस नभएको कारण आम चासोको विषय छ ।
१२-एनआरएनएलाई विशुद्ध सामाजिक संस्था भने पनि राजनीतिक दल र नेताहरूले आफ्नो आफ्नो प्रतिष्ठा र शक्तिको रुपमा लिएको आभाष र अनुभव महसुश गैरआवासीय नेपालीहरूले गरे ।
वि.सं.२०७८ चैत १८ शुक्रवार ११:४६ मा प्रकाशित






























