back
CTIZAN AD

राष्ट्रसंघको प्रतिवेदन : विश्वका आधा महिला सहमतिबिनै गर्भधारण गर्न बाध्य

वि.सं.२०७८ चैत १८ शुक्रवार

705 

shares

काठमाडौं । विश्वभर हरेक वर्ष १२ करोडभन्दा बढी महिला गर्भवति हुन्छन् । जसमध्ये आधा महिलाले बाध्यकारी रुपमै गर्भधारणा गरिरहेको भेटिएको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको विश्व जनसंख्या प्रतिवेदन–२०२२ अनुसार गरिब र अल्पविकसित मुलुकमा त्यस्तो संख्या बढिरहेको छ ।

अझ डरलाग्दो विषय, इच्छा विपरित गर्भधारण गर्ने महिलामध्ये ६० प्रतिशतले गर्भपतन गराउन बाध्य छन् । रिपोर्टअनुसार जसमध्ये ४५ प्रतिशत महिला असुरक्षित रुपमा गर्भपतन गराईरहेका छन् । असुरक्षित गर्भपतनका कारण ५ देखि १३ प्रतिशत महिलाको मृत्यु पनि भइरहेको छ ।

युएन जनसङ्ख्या कोषका कार्यकारी निर्देशक डा नतालिया केनेमका अनुसार अनिच्छित गर्भधारणका यी तथ्याङ्कहरूले महिला र बालिकाहरूको आधारभूत अधिकारप्रति सम्पूर्ण विश्व असफल भएको प्रतिबिम्बित गर्दछ । प्रतिवेदनअनुसार सन् १९९० देखि २०१९ को बीचमा प्रति हजार महिलामा अनिच्छित गर्भधारणको संख्या ७९ बाट ६४ मा झरेको छ ।

रिपोर्टका अनुसार ६४ देशका महिलामाथि यो अध्ययन गरिएको थियो । जसमध्ये ४७ देशका ४० प्रतिशत महिलाले गर्भनिरोधक साधन प्रयोग गर्दैनन्। जम्मा २३ प्रतिशत महिलाले नचाहे पनि यौनसम्पर्कलाई अस्वीकार गर्न सक्दैनन् र ८ प्रतिशतले गर्भनिरोधक उपायबारे निर्णय गर्न सक्दैनन्।

वि.सं.२०७८ चैत १८ शुक्रवार १४:३८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...