back
CTIZAN AD

चेन्नाईको लगातार तेस्रो हार, राहुल चाहरको घातक बलिङ्ग

वि.सं.२०७८ चैत २१ सोमवार

786 

shares

२१ चैत, काठमाडौँ । २०२२ को आईपिएलमा चेन्नाई सुपर किंग्स लगातार तेस्रो खेलमा पराजित भएको छ । चेन्नाई आफ्नो तेस्रो खेलमा पंजाब किंग्ससँग ५४ रनले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पंजाबले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो । पंजाबका लागि लियाम लिभिङस्टोनले ३२ बलमा ६२ रनको विस्फोटक पारी खेलेका थिए भने चेन्नाईका लागि बलिङ्गमा क्रिस जोडनले सर्वाधिक २ विकेट हात पारेका थिए ।

१८२ रनको विशाल लक्ष्य पछाएको चेन्नाई सुपर किंग्सको टिम १८ ओभरमा १२६ रन बनाएर अलआउट हुन पुगेको थियो । चेन्नाईका लागि शिवम दुबेले ५७ रनको पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । पंजाबका लागि बलिङ्ग तर्फ राहुल चाहरले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

जितसँगै पंजाबले ३ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

वि.सं.२०७८ चैत २१ सोमवार १०:१८ मा प्रकाशित