back
CTIZAN AD

फाइनलमा नेपालले पपुवा न्यूगिनीको सामना गर्दै, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ चैत २१ सोमवार

771 

shares

२१ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनीबिचको त्रिकोणात्मक टि-२० श्रृखलाको फाइनलमा आज नेपाल र पपुवा न्यूगिनी भिड्दैँ छन ।

यस त्रिकोणात्मक टि-२० श्रृखलामा नेपाल अपराजित रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा पपुवा न्यूगिनीलाई नै ३७ रनले पराजित गर्न सफल भएको थियो भने चौथौ खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको थियो । पपुवा न्यूगिनीले भने यस श्रृखलामा १ मात्र जित मलेसिया विरुद्ध निकालेको थियो ।

नेपाल र पपुवा न्यूगिनी बिचको खेल नेपाली समय अनुसार दिउँसो १२:३० बाट सुरु हुनेछ ।

नेपालको सम्भावित प्लेइङ्ग-११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, दीलिप नाथ, आरिफ शेख, करण केसी, सोमपाल कामी सन्दीप लामिछाने र अविनाश बोहरा।

वि.सं.२०७८ चैत २१ सोमवार १०:४३ मा प्रकाशित