back
CTIZAN AD

‘योग जीवनका लागि आवश्यक ’

वि.सं.२०७८ चैत २१ सोमवार

660 

shares

दमौली । तनहुँको व्यास नगरपालिका–५ का रामकाजी श्रेष्ठ बिहान सबेरै उठेर योग गर्न पुगे । बिहान ५ बजेदेखि ७ बजेसम्म पाँच दिन नियमित योग शिविरमा सहभागी भएका उन अब घरमै पनि योग गर्न जान्ने भएका छन ।

व्यास नगरपालिकाको आयोजना र पतञ्जली योग समितिको व्यवस्थापनमा चापाघाटस्थित शान्तिवर्ष बोर्डिङ स्कुलको प्राङ्गणमा यही चैत १६ गतेदेखि २० गतेसम्म आयोजित शिविरमा उनले योगका विभिन्न प्रकार सिके । “पाँच दिनको शिविरले योगका बारेमा धेरै कुरा सिकायो, अब त घरमै पनि आफैँले गर्न सक्छु,”उनले भने, “ योग गर्दा शरीरमा छुट्टै फुर्ति आउँदो रहेछ ।”

चापाघाट टोल विकास संस्थाका अध्यक्षसमेत रहका उनले सबैले नियमितरुपमा योग गर्नुपर्ने सुझाव दिए । “अब त म पनि बिहान नियमित योग गर्छु, अरुलाई पनि योग गर्न प्रेरणा दिन्छु”, उनले भने । सोही वडाको कन्टार टोल विकास संस्थाका अध्यक्ष भद्र खनाल पनि नियमितरुपमा योग शिविरमा सहभागी भए । पाँच दिन नियमितरुपमा योग गर्दा पनि शरीर स्वस्थ भएको अनुभव भएको उनले सुनाए । “म पनि अब घरमै नियमित योग गर्छु, योग मानिसको जीवनका लागि अति आवश्यक छ”। उनले भने ।

जिल्लामा आयोजना हुने योग शिविरमा सर्वसाधारणको आकर्षण बढेको छ । चापाघाटमा आयोजित शिविरमा दैनिक ३०० भन्दा बढीको सहभागिता रहने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । शिविर सञ्चालन भएपछि नियमितरुपमा योग गर्नुपर्छ भन्ने चेतना जागृत भएको उनले बताए । “योग भनेको मानिसको जीवनमा सधैँ आवश्यक छ भन्ने प्रेरणा शिविरले दिएको छ”, उनले भने, “योगको महत्व प्रचारप्रसारका लागि पनि शिविर सार्थक भयो ।”

शिविरमा सहभागी भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले योगले मानिसलाई स्वस्थ राख्ने भएकाले नियमित योग गर्नुपर्ने बताए । शिविरमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललगायतको सहभागिता रहेको थियो ।

पतञ्जली योग समितिले जिल्लाका विभिन्न स्थानमा योग शिविरको आयोजना गर्दै आएको छ । यसअघि पतञ्जलीले व्यास–५ कन्टारमा, आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा योग शिविर सम्पन्न गरिसकेको छ ।

 

वि.सं.२०७८ चैत २१ सोमवार ११:१९ मा प्रकाशित

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...