back
CTIZAN AD

स्वास्थ्य बीमामा सहयोग

वि.सं.२०७८ चैत २१ सोमवार

738 

shares

२१ चैत, काठमडौँ । ६५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुठ्ठीदान सहयोग गरेको छ ।

सहकारीले सञ्चालन गरेको मुठ्ठीदान अभियानमार्फत बेनी नगरपालिकाका अतिविपन्न १० महिलालाई स्वास्थ्य बीमाबापतको रकम सहयोग गरेकोे हो । बीमाबापत प्रतिव्यक्ति रु तीन हजार ५०० का दरले रु ३५ हजार आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष ज्योति लामिछानेले जानकारी दिए । एक वर्षका लागि स्वास्थ्य बीमाबापतको उक्त रकम सहकारीका अध्यक्ष लामिछाने र जिल्ला सहकारी सङ्घ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले प्रदान गरेका थिए ।

स्वास्थ्य बीमाबापतको रकम पाउनेमा सो नगरपालिकाभित्रका विपन्न महिला उमादेवी किसान, माया सार्की, सुन्तली दमाई, शान्ति किसान, सुनमाया किसान, सुकमाया किसान, विस सार्की, अस्मिता पुन, बालकुमारी कामी र तिलकुमारी कार्की रहेका थिए ।

सोही अवसरमा बेनपा–१, रत्नेचौर निवासी क्यान्सरपीडित सेती विक र बेनपा–९, घतान निवासी गौमती विकलाई पनि उपचारका लागि जनही रु पाँच हजार ५५५ को दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष लामिछानेले जानकारी दिए ।

सहकारीमा आबद्ध दिदीबहिनीको सहयोगमा स्थापित मुठ्ठीदान अभियानबाट सङ्कलन गरिएको रकमले सानो भए पनि महिलालाई उपचारमा राहत मिलोस् भन्ने उद्देश्यसहित आर्थिक सहयोग हस्तान्तरण गरिएको उनको भनाइ छ । महिलाको मात्रै लगानी र व्यवस्थापनमा बेनीमा सञ्चालित दिदीबहिनी सहकारीले सामाजिक कार्यका रुपमा मुठ्ठीदान अभियानलाई निरन्तररुपमा सञ्चालन गर्दै आइरहेको छ ।

वि.सं.२०७८ चैत २१ सोमवार ११:४३ मा प्रकाशित

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले प्रतिनिधिसभाको अर्थ...

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...