back
CTIZAN AD

अन्तर्राष्ट्रिय होटलले नेपालमा आफ्नो सेवा दिने

वि.सं.२०७८ चैत २१ सोमवार

579 

shares

काठमाडौँ । अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणी होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ ।

मुस्ताङ्को चर्चित मोक्ष होटलको व्यवस्थापनलाई शिन्तामणि होटलले लिएको हो । शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत सञ्चालन भइरहेको मोक्ष होटलको व्यवस्थापन अब शिन्तामणी होटलले गर्ने जनाइएको छ । शिन्तामणि होटलले विश्वका विभिन्न स्थानमा आरामदायि होटल सञ्चालन गर्दै आएको छ । यती समूहअन्तर्गत सञ्चालित विभिन्न होटलमध्ये मोक्ष होटल पनि एक चर्चित होटल मानिन्छ ।

शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ‘ब्राण्ड’ हो । रु एक अर्ब १० करोड लगानीमा निर्माण भई सञ्चालनमा रहेको सो रिसोर्टको व्यवस्थापन भने आगामी अक्टोबरदेखि सम्हाल्ने गरी दुई पक्षीय सम्झौता भएको हो ।

रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्ने गरी सम्झौता भएको यति ग्रुपका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । सो ब्राण्डले खर्चालु पर्यटकका लागि लक्षित गरी निर्माण गरिएका होटल तथा रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएको छ ।

कम्पनीले न्यूनतम तीन दिनको बुकिङ लिने भएकाले १५ सयदेखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज बिक्री हुने जनाएको छ । कोठा, हवाई स्थानान्तरण, गतिविधि, स्पा, खाना र पेय पदार्थ सबै प्याकेजमा समावेश हुने बताइएको छ ।

अमेरिकन आर्किटेक बिल बेन्स्लीले शिन्तामणि होटल ब्रान्डको सुरुआत गरेका हुन् । कम्बोडियाको जङ्गल पर्यटनमा आफ्नो प्रयोग सफल भएको र नेपालमा पनि सफल हुने (उनकोे विश्वास छ । विश्वभरका पर्यटकलाई थकाइ मार्ने मुख्य गन्तव्य जोमसोम बनाउने उद्देश्यका साथ काम सुरु गरिएको जनाइएको छ ।

शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले नेपाललाई विलासी साहसिक गन्तव्यको रूपमा विश्वबजारमा परिचित गराउन होटलले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले लक्जरीयस सुविधा खोज्ने पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा दिन पाउने अवसर जुरेकोमा खुसी व्यक्त गरे ।

कोभिड–१९ महामारीका कारण लामो समयसम्म बन्द भएको मोक्ष होटलको व्यवस्थापनको जिम्मेवारी फेरिएसँगै नेपालमा खर्चालु पर्यटक बढ्ने अनुमान गरिएको छ । महामारीका कारण दुई वर्ष होटलका लागि निकै चुनौतीपूण रहेको र अब होटललाई नयाँ ढङ्गले सञ्चालन गर्ने योजना अनुरुप शिन्तमणि होटलसँग सहकार्य गरिएको सिइओ शेर्पाको भनाइ छ ।

शिन्ताममणि होटसका निर्देशकसमेत रहेको आर्किटेक्चर बेन्स्लीले मोक्ष होटलले स्तरीय सेवा सुविधा उपलब्ध गराउने जानकारी दिए । अर्का निर्देशक जोसन फ्राइडम्यानले आफू नेपालमा पछिल्लो ३० वर्षदेखि भ्रमण गरिरहेको र नेपालमा पनि परियोजना सञ्चालन गर्ने रहर पहिलादेखि रहेकाले अहिले साकार भएको बताए ।

मोक्ष होटल समुद्री सतहबाट दुई हजार ८०० मिटरको उचाइमा रहेको छ । शिन्तामणि होटलले पछिल्लो समय कम्बोडियामा पनि आरामदायि होटल सञ्चालन गर्दै आएको छ ।

वि.सं.२०७८ चैत २१ सोमवार ११:५० मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा...