back
CTIZAN AD

गठबन्धनप्रति डा. बाबुरामको आक्रोश–जसपालाई उपेक्षा, अपमान र निशेध स्वीकार्य छैन

वि.सं.२०७८ चैत २१ सोमवार

864 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई गठबन्धनका निर्णयप्रति आक्रोशित भएका छन् ।

डा. भट्टराईले गठबन्धनभित्रकै जिम्मेवार घटक जसपालाई उपेक्षा, अपमान र निशेध गर्ने हर्कत गठबन्धनभित्रैबाट भएको भन्दै त्यो आफुहरुलाई स्वीकार्य नहुने बताएका हुन् ।

नुवाकोटमा आइतबार बसेको सत्तारुढ गठबन्धन दलका जिल्ला समितिहरुका संयोजकहरुको चुनावी तालमेलबारे बसेको बैठकमा कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका जिल्ला संयोजकहरु जसपाका प्रतिनिधिबिना बसेको प्रति आपत्ति जनाएका हुन् ।

जिल्ला समितिका संयोजकहरुले बैठक बसेर गरेको चुनावी तालमेलको निर्णय समेत राख्दै डा. भट्टराईले सामाजिक संजाल ट्विटरमा भनेका छन्– जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा, अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न । गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं । कुनै छलछाम नगरौं । राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौ ं!’

स्मरणरहोस्, गत चैत ९ गते यसअघि नेता भट्टराई र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङबीच चुनावमा मिलेर जाने वातावरण बनाउने विषयमा छलफल भएको थियो । भेटका क्रममा डा. भट्टराईले स्थानीयतहमा गठबन्धन नभनेर मिलेर जानुपर्ने बताएका थिए भने गुरुङले चुनावमा आवस्यकताको आधारमा गठबन्धन गर्ने भन्ने पक्षमा एमाले रहेको बताएका थिए ।

वि.सं.२०७८ चैत २१ सोमवार ११:५५ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...