
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई गठबन्धनका निर्णयप्रति आक्रोशित भएका छन् ।
डा. भट्टराईले गठबन्धनभित्रकै जिम्मेवार घटक जसपालाई उपेक्षा, अपमान र निशेध गर्ने हर्कत गठबन्धनभित्रैबाट भएको भन्दै त्यो आफुहरुलाई स्वीकार्य नहुने बताएका हुन् ।
नुवाकोटमा आइतबार बसेको सत्तारुढ गठबन्धन दलका जिल्ला समितिहरुका संयोजकहरुको चुनावी तालमेलबारे बसेको बैठकमा कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका जिल्ला संयोजकहरु जसपाका प्रतिनिधिबिना बसेको प्रति आपत्ति जनाएका हुन् ।
जिल्ला समितिका संयोजकहरुले बैठक बसेर गरेको चुनावी तालमेलको निर्णय समेत राख्दै डा. भट्टराईले सामाजिक संजाल ट्विटरमा भनेका छन्– जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा, अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न । गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं । कुनै छलछाम नगरौं । राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौ ं!’
स्मरणरहोस्, गत चैत ९ गते यसअघि नेता भट्टराई र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङबीच चुनावमा मिलेर जाने वातावरण बनाउने विषयमा छलफल भएको थियो । भेटका क्रममा डा. भट्टराईले स्थानीयतहमा गठबन्धन नभनेर मिलेर जानुपर्ने बताएका थिए भने गुरुङले चुनावमा आवस्यकताको आधारमा गठबन्धन गर्ने भन्ने पक्षमा एमाले रहेको बताएका थिए ।
जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न। गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं। कुनै छलछाम नगरौं। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौं! pic.twitter.com/RzjW0aKNbX
— Baburam Bhattarai (@brb1954) April 3, 2022