back
CTIZAN AD

पपुवा न्यूगिनी ११८ रनमा अलआउट, दिपेन्द्र सिंह ऐरीकाे घातक बलिङ्ग

वि.सं.२०७८ चैत २१ सोमवार

663 

shares

२१ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनीबिचको त्रिकोणात्मक टि-२० श्रृखलाको फाइनलमा नेपालले पपुवा न्यूगिनीलाई ५० रनले पराजित गरेको छ ।

नेपालले दिएको १६९ रनको लक्ष्य लछाएको पपुवा न्यूगिनीको टिम १६.१ ओभरमा ११८ रन बनाएर अलआउट हुन पुगेको छ । पपुवा न्यूगिनीका लागि कप्तान सेसे बाउले ३८ बलमा ५९ रनको विस्फोटक पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । नेपालका लागि बलिङ्गमा भने दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट हात पारेका थिए । त्यसैगरी सन्दिप लामिछानेले २, करण केसीले ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह एरीले ३८ बलमा ५४ रनको विस्फोटक पारी खेलेका थिए भने करण केसीले पनि १२ बलमा ३३ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी कुशल भुर्तेलले २५, आसिफ शेखले २९, रोहित कुमार पौडेलले २, आदिल अन्सारीले १५ र करण केसले २५ रनको योगदान दिएका थिए । पपुवा न्यूगिनीका लागि बलिङ्गमा सेमो कमियाले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

जितसँगै नेपालले मलेसिया र पपुवा न्यूगिनी विरुद्धको त्रिकोणात्मक टि २० श्रृखलाको उपाधि आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७८ चैत २१ सोमवार १५:४४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...