back
CTIZAN AD

७९ मध्ये ६५ दलद्धारा निर्वाचन आचारसंहिता पालना गर्नेमा लिखित प्रतिबद्धता, एमालेले हस्ताक्षर गरेन

वि.सं.२०७८ चैत २२ मंगलवार

741 

shares

काठमाडौं । आगामी स्थानीयतहको निर्वाचनको आचारसंहिता पालना गर्ने विषयमा ७९ दलमध्ये ६५ दलले लिखित प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन आयोगले आगामी बैशाख ३० गतेदेखि सुरु हुने स्थानीतहको निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा मंगलबार बोलाएको बैठकमा दलहरुले लिखित प्रतिबद्धता जाहेर गरेका हु्न् ।

आयोगले दलहरुबाट प्राप्त सुझावलाई समेत समेटेर ऐन, कानुन र संविधान अनुरुप बनाएर राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा आचारसंहितामा हस्ताक्षर गर्न मंगलबार बैठक बोलाएको थियो ।

बैठकमा निर्वाचनमा भागलिने ७९ दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बैठकमा पुगेका केही राजनीतिक दलका प्रतिनिधिहरुले आयोगले छलफल विनै लिखित प्रतिबद्धतामा हस्ताक्षर गर्न लगाएको भन्दै आपत्ति जनाएका थिए ।

त्यस्तै बैठकमा भाग लिन पुगेका नेकपा एमालेका कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्यले बैठकमा तनाव र हो–हल्ला भएको भन्दै आफुहरुले हस्ताक्षर नगरी बैठकबाट बाहिरीएको बताएका छन् । उनीहरुले शान्त वातावरणमा सबै दलको विचार सुनुवाई हुने गरी अगाडि बढ्न आयोगलाई आग्रह समेत गरेका छन् ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले ७९ दलमध्ये ६५ दलले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको बताए ।

‘७९ दल मध्ये ६५ दलले आचारसंहिता पालना गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्नु भएको छ,’ संसारन्युजसँग उनले भने, ‘केही दलका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थेन । केही दलका प्रतिनिधिहरुले पछि आउँछौ भनेर बाहिर निस्कनु भयो । बैठकमा हो–हल्ला भएर होइन ।’

 

वि.सं.२०७८ चैत २२ मंगलवार १५:५२ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...