back
CTIZAN AD

 प्रभावकारी बन्दै छोरी सुरक्षा कार्यक्रम

वि.सं.२०७८ चैत २२ मंगलवार

939 

shares

 खलङ्गा । कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित छोरी सुरक्षा कार्यक्रम जुम्लामा प्रभावकारी बनेको छ । छोरीलाई माध्यमिक शिक्षासम्मको पहुँच वृद्धि गर्न सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

सोे कार्यक्रमले लैङ्गिक विभेदको अन्त्य गर्न र उमेर नपुग्दै विवाह गर्ने कार्यलाई रोक्न सहयोग गरेको पातारासी गाउँपालिका महिला बालबालिका शाखाका प्रमुख भगवती गिरीले जानकारी दिए । यहाँका आठवटै स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ । हालसम्म यस कार्यक्रमअन्र्तगत जिल्लामा एक हजार ९७४ छोरीको बैंक खाता खोलिएको सामाजिक विकास कार्यालयले जनाएको छ ।

सुरुमा एक हजार रुपैयाँ छोरी सुरक्षा खातामा प्रदेश सरकारमार्फत स्थानीय तहले हरेक महिनामा ५०० रुपैयाँ जम्मा गरिदिन्छन् । अभिभावकको रोहवरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने गर्छ । नगद पनि जम्मा गरिदिने व्यवस्था मिलाएको छ । २०७६ साउनदेखि जन्मेका सबै छोरीको बैंक खाता कार्याक्रमको समन्वयमा खोलिदिएको छ । अहिले छोरी जन्मेपछि जति सक्यो चाँडै छोरीको नाममा खाता खोल्नेको सङ्ख्या बढेको तिला गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख गौरी थापाले जानकारी दिइन् ।

कार्यक्रमले छोरीको जीवन सुरक्षामा राहत पुग्ने विश्वास गरिएको छ । यो रकम २० वर्ष नपुगी निकाल्न मिल्दैन  । छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले छोरी सुरक्षा कार्यक्रम अघि सारेको प्रदेश सरकारको सामाजिक मन्त्रालयले जनाएको छ । यो कार्यक्रमले बालविवाह घटाउन महत्वपूर्ण भूमिका खेल्ने स्थानीय तहका महिला तथा बालबालिका शाखाका प्रमुख बताउँछन् । छोरी सुरक्षा कार्यक्रमले निकै राम्रो प्रभाव परेको छ । छोरीहरूको आत्मसम्मान बढेको गुठीचौर गाउँपालिका–५ का सङ्गीता धितालले बताइन् ।

 

वि.सं.२०७८ चैत २२ मंगलवार १५:३० मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...