back
CTIZAN AD

श्रीलंकामा संकटकाल हटेसँगै चर्कियो प्रदर्शन, देशैभरि लाग्यो चीन विरोधी नारा

वि.सं.२०७८ चैत २३ बुधवार

759 

shares

काठमाडौं । श्रीलंकामा बिग्रँदै गएको अवस्थाका बीच राष्ट्रपति गोटाबाया राजापाक्षेले मंगलबार मध्यरातमा संकटकाल हटाउने घोषणा गरेका छन् । उनले वैशाख १ गते नै देशमा संकटकाल लगाउने निर्णय गरेका थिए । त्यसयता उनको चर्को विरोध भइरहेको छ । मंगलबार साँझ पनि राजधानी कोलम्बोमा भारी वर्षाको बीचमा हजारौं विद्यार्थीले प्रधानमन्त्री महिन्दा राजापाक्षेको घरसम्म र्‍याली निकालेका थिए।

लगातार बढ्दो आर्थिक संकटको बीचमा देशैभरका जनतामा पनि चीनप्रति आक्रोश बढिरहेको छ । श्रीलंकाली मिडिया रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले सरकारसँग पैसा नभएको भन्दै चीनलाई सबै थोक बेचेको बताएका छन्। चीनले अन्य देशलाई ऋण दिएर सबै कुरा किनिरहेको छ ।

संकटकाल हटाए पनि सेना परिचनाल

श्रीलंकाको सेनाले हिंसात्मक प्रदर्शनकारीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा विरोधका नाममा हिंसा गर्नेलाई कडा कारबाही गरिने जनाएको हो। श्रीलंकाका रक्षा सचिव जनरल ९सेवानिवृत्त० कमल गुणरत्नेले जनतालाई हिंसाबाट टाढा रहन अपील गरेका छन्। श्रीलंका प्रहरीले पनि प्रदर्शनकारीहरूलाई कानून नमाने कारबाही गर्ने चेतावनी दिएको छ। प्रहरीले आन्दोलनकारीलाई पक्राउ गर्न सीसीटीभीको सहयोग लिइएको छ ।

७ घण्टासम्म विद्युत् कटौती

श्रीलंकामा अप्रिल ६ देखि अप्रिल ८ सम्म ७ घण्टासम्मको विद्युत कटौती स्वीकृत गरिएको छ । सार्वजनिक उपयोगिता आयोगका अध्यक्ष जनक रत्नायकेले भारतबाट ऋण लिएको रकमबाट इन्धन आयातका लागि विदेशी मुद्रा सञ्चितिमा आएको कमी अस्थायी रूपमा कम भएको बताए ।

श्रीलंकाको राजनीतिसँग सम्बन्धित अपडेटहरू…

सरकारी आदेशअनुसार ५ अप्रिल मध्यरातमा आपतकालीन अध्यादेश खारेज गरिएको थियो ।

श्रीलंकाले नर्वे, इराक र अष्ट्रेलियामा रहेका विदेशी दूतावासहरू अस्थायी रूपमा बन्द गरेको छ।

श्रीलंकाका पूर्व वित्त अधिकारी नन्दलाल विरासिङ्घेले अप्रिल ७ मा केन्द्रीय बैंकको गभर्नरको पदभार ग्रहण गर्नेछन् ।

वि.सं.२०७८ चैत २३ बुधवार १३:१४ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...