काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले शपथग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो । प्रधानमन्त्री देउवाको सिफारिसमा आज बन्दी मन्त्रीमा नियुक्त भएका हुन् ।
वि.सं.२०७८ चैत २४ बिहीवार १६:५७ मा प्रकाशित






























