back
CTIZAN AD

२० देशमा राजदूत सिफारिस, चीनमा विष्णु पुकार श्रेष्ठ, अन्य देशका लागि को–को भए त ?

वि.सं.२०७८ चैत २४ बिहीवार

1.1K 

shares

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण मानिएको चीनमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठलाई सिफारिस गरेको छ ।
पार्टीका आमन्त्रीत स्थायी समिति सदस्य रहेका नेता श्रेष्ठ सो पार्टीको निर्वाचन आयोग प्रमुख समेत हुन् ।

त्यसैगरी स्पेनका लागि शर्मिला पराजुली ढकाल रहेकी छन् । ढकाल यसअघि ओमानको राजदूत रहीसकेकी छन् ।

सरकारले अष्ट्रेलियाका लागि कैलाश पोखरेल, रसियाका लागि मिलन तुलाधर, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, श्रीलंकाका लागि बासुदेव मिश्र, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि प्रा.डा. रामसोगरथ राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदी र नरेशविक्रम ढकाल पनि राजदूतमा सिफारिस भएका छन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयका कर्मचारीहरुबाट घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदीको नाम पनि राजदूतमा सिफारिस भएको बताइएको छ ।

वि.सं.२०७८ चैत २४ बिहीवार २१:१५ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...