काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शिर्षनेताहरुको बैठक बोलाएका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका विषयमा छलफल गर्न शुक्रबार बिहान ११ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँचदलीय गठबन्धनको मंगलबार बसेको बैठकले निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामच्रनद्र पौडेलको संयोजकत्वमा निर्वाचान तयारी र अनुगमन समिति गठन गरेको छ ।
वि.सं.२०७८ चैत २५ शुक्रवार १०:३१ मा प्रकाशित






























