back
CTIZAN AD

यूनाइटेडले संस्थापक सेयर बिक्री गर्दै

वि.सं.२०७८ चैत २५ शुक्रवार

666 

shares

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ८५ हजार ५६९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक सेयरधनी सनराइज बैंकको नाममा रहेको ५ हजार ८२७ कित्ता र एक्सेल डेभलपमेन्ट बैंकको नाममा रहेको ७९ हजार ७४२ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।

सनराइज बैंकको प्रतिकित्ता मूल्य २२५ रुपैयाँ र एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता मूल्य रुपैयाँ २९८ तोकिएको छ । एक्सेल डेभलपमेन्ट बैंकको सेयर खरीद गर्दा न्यूनतम ५ हजार कित्ता सेयरको लागि निवेदन दिन सक्ने व्यवस्था छ ।

उक्त सेयर खरीदका लागि संस्थापकहरुलाई प्राथमिकता दिनुपर्ने भएकाले तोकिएको मितिभित्र कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

उक्त समय अवधिमा सेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ चैत २५ शुक्रवार २१:३३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...