काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा २५ जना आकांक्षी देखिएका छन् ।
पार्टीको निर्देशन र जिल्ला समिति चितवनको परिपत्र अनुसार भरतपुर महानगरपालिका कार्यसमितिले प्रमुख र उपप्रमुख पदका लागि गरेको आव्हानमा मेयरका लागि २५ र उपमेयर पदका लागि २४ जनाले मनोनयन दर्ता गराएका हुन् ।
चैत २७ र २८ गतेभित्र महानगर प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गर्न परिपत्र गरिएकोमा २ दिनभित्र दुवै पदका लागि ४९ जनाले मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कांग्रेस भरतपुर महानगर सभापति चित्रसेन अधिकारीका अनुसार उक्त २ दिनमा मेयर पदका लागि भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल,दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, , निलकण्ठ शर्मा रिजाल, गौरी कुमारी श्रेष्ठ, मिना कुमारी खरेल,सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरूङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा.डा. केशवभक्त सापकोटा,टेकप्रसाद गुरूङ राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडीले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी उपमेयर पदका लागि तारा गुरूङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरू कार्की, कल्पना पौडेल, देबेन्द्र बहादुर गुरूङ, टंकनाथ पौडेल, कर्र्णबहादुर गुरूङ, राजीव न्यौपाने, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल, रवि भद्र शर्मा खनाल, निर्मलराज पौडेल,सुरवीर पोखरेल, भोजराज कौडाल, एलिजा अधिकारी, महेन्द्र श्रेष्ठ, सूर्यनाथ अधिकारी, गीता गुरूङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, र विदुर केसीले मनोनय दर्ता गराएका हुन् ।
नेपाली कांग्रेस चितवनका नेताहरुले भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसले नेतृत्व गर्नुपर्ने भन्दै केन्द्रमै आएर वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतलाई ज्ञापनपत्र बुझाएका छन् । उक्त क्रममा चितवनबाट केन्द्रमा प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले विगतमा कांग्रेसको प्रभाव क्षेत्र अरुलाई दिएका कारण असर परेको भन्दै अहिले त्यस्तो नहोस् भनेर पार्टीलाई बेलैमा सजग गराउन केन्द्र आएको बताएका थिए ।
उता भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रले रेनु दाहाललाई नै दोहोर्याउने बताउँदै आएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी रेनु दाहाललाई नै महानगर प्रमुखमा दोहोर्याउने संकेत गर्दै विकासका लागि महिलालाई नेतृत्व दिनुपर्ने चितवनमै आयोजित एक कार्यक्रममा बताएका थिए ।
यता पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुको सोमबार बसेको बैठकले निर्वाचनमा कसरी जाने भन्ने मोडालिटी तय गर्ने भनिएको थियो । तर, उनीहरुले बैठकबाटै स्थानीयतहका आ–आफ्ना नेता तथा कार्यकर्ताहरुलाई संयुक्त अपिल जारी गर्दै ठाउँ र अवस्था हेरेर तालमेलन गर्न आग्रह गरेका थिए ।

वि.सं.२०७८ चैत २९ मंगलवार १०:२१ मा प्रकाशित





























