back
CTIZAN AD

हैदरावादले निकाल्यो दोस्रो जित, केन विलियमसनले खेले अधसतकीय पारी

वि.सं.२०७८ चैत २९ मंगलवार

711 

shares

२९ चैत, काठमाडौँ । हैदरावादले २०२२ को आईपिएलमा आफ्नो दोस्रो जित हासिल गरेको छ । हैदरावादले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै आफ्नो जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको गुजरात टाइटन्सले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । गुजरातका लागि ब्याटिङ्गमा कप्तान हार्दिक पांड्याले सर्वाधिक ५० रन बनाएका थिए भने हैदरावादका लागि बलिङ्गमा भुवनेश्वर कुमार र टि नटराजनले सर्वाधिक २/२ विकेट हात पारेका थिए ।

गुजरातले दिएको १६३ रनको लक्ष्य हैदरावादले १९.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । हैदरावादका लागि केन विलियमसनले ४६ बलमा ५७ रनको अर्धसतकीय पारी खेलेका थिए । त्यसैगरी अभिषेक शर्माले ४२, राहुल त्रिपाठीले १७, निकोलन पुरनले ३४ र एडन माक्रमले १२ रनको योगदान दिएका थिए । बलिङ्ग तर्फ गुजरातका लागि हार्दिक पांड्या र रासिद खानले समान १ १ विकेट हात पारेका थिए ।

गुजरात विरुद्ध जित निकाल्दैँ हैदरावाद अकं तालिकाको आँठौँ स्थानमा उक्लिएको छ ।

वि.सं.२०७८ चैत २९ मंगलवार १०:२५ मा प्रकाशित