back
CTIZAN AD

रुसलाई ठूलो धक्का, युक्रेनले उडाइदियो रुसको महत्वपूर्णं युद्धपोत

वि.सं.२०७९ वैशाख १ बिहीवार

678 

shares

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ५० औं दिन पनि जारी छ । धेरै देशको हस्तक्षेपका बाबजुद रुस र युक्रेनले युद्ध अन्त्यका लागि कुनै ठोस कदम चालेका छैनन् ।

यसैबीच, युक्रेनी सेनाले बुधबार ब्लाक सीमा रहेको रुसी युद्धपोतलाई मिसाइल आक्रमण गरि ध्वस्त बनाइदिएका छन् । ब्लाक सीको रक्षा गर्ने नेप्च्युन मिसाइलहरूले रूसी जहाजलाई आक्रमण गरिएको सञ्चार माध्यमले जनाएका छन् । बताइएअनुसार युद्धपोत नष्ट हुनु रुसका निम्ति निकै ठूलो क्षति हो ।

बताइएअनुसार युद्धपोतमाथि आक्रमण भएसँगै रुसी सेनाले युक्रेनको डोनेस्क र खेरसन क्षेत्रमा आक्रमणको अन्तिम तयारी गरेको छ । रुसले भीषण आक्रमणको तयारी गरिरहेका बेला अमेरिकाले यूक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेट्न उच्च स्तरका अधिकारीहरूलाई कीभ पठाउने तयारी गरेको छ ।

पुटिनको सीधा धम्की नाटो देशहरूलाई

युद्धको ५०औँ दिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटो राष्ट्रहरूलाई खुला धम्की दिँदै युक्रेनलाई सहयोग गरे त्यसलाई ध्वस्त पारिदिने धम्की दिएका छन् । उनले उनले युद्धमा अनावश्यक हस्तक्षेप नगर्न भनेका छन् ।

अस्ट्रेलियाले १४ रुसी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ

अष्ट्रेलिया सरकारले रुसका लागि रणनीतिक र आर्थिक महत्वका १४ रुसी राज्यको स्वामित्वमा रहेका उद्यमहरूलाई लक्षित आर्थिक प्रतिबन्ध लगाएको छ। सूचीकरणमा रक्षा-सम्बन्धित संस्थाहरू यातायात कम्पनी कामेज, र शिपिंग कम्पनीहरू सेभमाश र युनाइटेड शिपबिल्डिङ कर्पोरेशन समावेश छन्। एजेन्सीबाट

 

वि.सं.२०७९ वैशाख १ बिहीवार १३:४८ मा प्रकाशित

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...