back
CTIZAN AD

स्थापनाको ४५ वर्षमा पञ्जिकरणको महा–अभियान

वि.सं.२०७९ वैशाख १ बिहीवार

3.4K 

shares

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको १ हप्ते महाअभियान सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ अनुसार पछिल्लो पटक पूनर्गठित भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रव्यापि रुपमा पञ्जिकरणको सूरुवात भएको झण्डै ५ दशकमा २०७९ वैशाख १ गतेदेखि ७ गतेसम्म अभियानको रुपमा जन्म, मृत्यु, विबाह, बसाईंसराई, तथा सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता गराउने कार्यक्रमको सुरुवात गरेको छ ।

विभागले सुरु गरेको यो अभियान वास्तबमै अभियान मात्र नभएर महा–अभियानकै रुपमा सुरु हुँदा अबका केहि बर्षमा नेपाल जस्तो देशमा अन्य सबै कुराहरुलाई थांती राख्दै ठूलो रकम खर्च गरेर राष्ट्रिय तथ्याङ्क विभागको सहयोग लिएर जनगणना गर्नुपर्ने अवस्थाको भने अन्त्य पक्कै नै हुनेछ ।

२००७ सालमा नै सुरु भएको थियो नेपालमा पञ्जिकरणको सुरुवात
सरकारले व्यक्तिगत घटनाको लगत राख्ने काम जन्म मृत्यू तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन २०३३ र जन्म मृत्यू तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) नियमावली २०३४ बमोजिम २०३४ वैशाख १ गतेदेखि १० जिल्लाबाट सुरु भएको थियो । सुरु भएको १३ बर्षपछि २०४७ सालमा यो अभियान देशव्यापि बनाईएको इतिहास छ ।

यसअघि पनि नगर पञ्चायतले नगर पञ्चायत ऐन २००७ र गाउँ पञ्चायतले गाउँ पञ्चायत ऐन २०१८ बमोजिम आफ्नो क्षेत्र भित्र जन्म र मृत्यूको लगत राख्ने गरेको पाइन्छ ।

प्रविधिमैत्री पञ्जिकरण कार्यक्रमको सुरुवात
जन्म, मृत्यू जस्ता व्यक्तिगत घटनाको व्यवस्थित अभिलेख तयार गर्न थालीएको झण्डै ७ दशक पछि सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग मार्फत व्यवस्थित र प्रविधि मैत्री पञ्जिकरण कार्यक्रमको सुरुवात गरेको छ । अहिले विभागले सुरु गरेको पञ्जिकरणको कार्यक्रमले व्यक्तिको व्यक्तिगत घटनाको मात्रै अभिलेख राख्ने हैन की व्यक्तिको सामाजिक सुरक्षा भत्ता तथा राष्ट्रिय परिचयपत्रमा समेत सहजिकरण गर्दछ ।

गृहमन्त्रालय अन्तरगत रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत रहेको पञ्जिकरण विभाग एकिकृत भई २०७५ असोज ६ गतेदेखि यो विभागले आफ्नो कार्यसम्पादन गर्नु अगाडीसम्म तत्कालिन गाउँ विकास समिति र नगरपालिकाहरुले संकलन गर्ने व्यक्तिगत घटनाको अभिलेख त्यत्ति व्यवस्थित त थिएन नै चाहेको बेलामा तथ्याङ्क खोज्न नै जटिल थियो ।

तर प्रविधधि मैत्री राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको स्थापन भएपछि देशको जुनसुकै कुनाको नै किन नहोस् व्यक्तिको व्यक्तिगत घटना सजिलै र सहजै चाहेको बेलामा उपलब्ध हुने भएको छ । तर, पालिकाहरुको वडा कार्यालयहरुमा घटना दर्ता चाहिं भएको हुनु पर्नेछ ।

अबको केहि बर्षमा सबैको ब्यक्तिगत घटना सर्बरमा
वैशाख १ गतेदेखि सुरु भएको अभियानले वास्तबमै सार्थकता पाएको खण्डमा अबको केहि बर्षमा सबै नेपालीको व्यक्तिगत घटना विभागको सर्बरमा एकिकृत हुनेछ । जसका कारण सबैभन्दा सुविधा सामाजि सुरक्ष भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिकहरुलई हुने विभागको भनाइ छ । आर्को तिर राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने नागरि पनि यो अभियानबाट लाभान्वित हुने छन् ।

हप्ते अभियानलाई सदाबाहार अभियान बनाऔं
देश अहिले संघियता कार्यन्वयनको दोस्रो चुनाबि अभियानमा हामिएको छ । अहिलेका स्थानीय तहहरु कानुनी रुपमानै शक्तिशाली छ । प्रत्यक्ष निर्बाचित जनप्रतिनिधि सहितको स्थानिय तहले चाहेको खण्डमा यो अभियानले मूर्तरुप पाउन समय नलाग्ने विज्ञहरुको भनाइ छ । कतिपयले यो अभियानलाई हप्ता वा महिनामा सिमित नगरि सदाबहार बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

गत फागुनसम्मको विभागको तथ्याङ्क अनुसार ६ हजार ७ सय ४३ वडामध्ये हालसम्म ५ हजार ९ सय ९४ वडा कार्यालयहरुले अनलाइन प्रणालीमा जोडिएर व्यक्तिगत घटना दर्ता गर्न थालिसकेका छन् ।

 

वि.सं.२०७९ वैशाख १ बिहीवार १६:५१ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...