काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
शनिबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ ।
वि.सं.२०७९ वैशाख ३ शनिवार ०९:०१ मा प्रकाशित





























