back
CTIZAN AD

कविता : आशिर्वाद

वि.सं.२०७९ वैशाख ३ शनिवार

1.2K 

shares

प्रदिप रत्न शाक्य, बौद्ध, काठमाडौं

बिहानी भो
उडान खोज्दैछन्
तिम्रा पखेटाले
म साहस प्रदान गर्दैछु ।

आकास सोचे जस्तो हुन्नन्
स्वतन्त्रता वैरी बनाउंदै ढुकेर बस्न सक्छन्
आँखाले नदेखिने दुष्ट नियतिहरू ।

पिर त यसैमा छ
जिन्दगी भनेर मैदानमा छोड्नलाई
तापनि कठोर बन्दैछु
बुझून् सिकुन् जितून भनी जिन्दगी !

आशिर्वाद छ
रहोस्
यो मेरो कला जस्तै जिन्दगीको
कामना छ
रहोस् यो मेरो सचेतना जस्तै यात्राको
हँसाई रहोस् हर घडी तिमीलाई
म भरोसा भई पछ्याइरहेको आभासमा ।

जिन्दगी संकल्प हुन्
चुनौतीमा
पल दिन प्रहार हुन् लडाईँका
लक्ष्य विजयी बनी रहून् तिमी
हरेक पाइला तिम्रा नमुना बनी रहोस्
हिम्मत बनून् कठैबरा क्षणका !

संस्कृतिका धरोहर हुन्
जिन्दगी
कुशल संस्कारित रहोस् वंशका
जीवन एक जुनीका लागि बाँच्छन्
तर जीवनी शताब्दियौंका लागि हाँस्छन्
स्मरण बन्न सकोस् तिमी
जल थल आकासका अमूल्य दृश्य भई !

बिहानी भो
उडान खोज्दैछन्
तिम्रा पखेटाले
म साहस प्रदान गर्दैछु ।

वि.सं.२०७९ वैशाख ३ शनिवार ०८:०० मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...