back
CTIZAN AD

भरतपुर कांग्रेसका कार्यकर्ताले गरे सामुहिक राजीनामाको घोषणा

वि.सं.२०७९ वैशाख ३ शनिवार

912 

shares

काठमाडौ । नेपाली कांग्रेस भतपुरका दर्जनौं कार्यकर्ताले पार्टीबाट सामुहिक राजीनामा दिने घोषणा गरेका छन् ।

देशैभरीका ६ महानगरपालिका मध्ये अत्यन्तै चर्चामा आएको भरतपुर महानगरपालिकाको मेयर पद केन्द्रले अन्य दललाई दिन लागेको भन्दै त्यहाँका कांग्रेस कार्यकर्ताले शनिबार सामुहिक राजीनामाको घोषणा गरेका हुन् ।

यसअघि पनि गठबन्धनबाट कांग्रेसबाहेक अन्य दललाई मेयर पद दिन लागिएको भन्दै स्वतन्त्र उममेदवार उठाउने चेतावनी दिँदै आएको चितवन कांग्रेसले अन्नतः शनिबार सामुहिक राजीनामा दिने घोषणा गरेका हुन् ।

स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा शनिबार भरतपुरको १७ बेलुवा टोलमा एक कार्यक्रम आयोजना गरि ५० जनाले स्वतन्त्र अभियानका लागि भन्दै राजीनामाको घोषणा गरेका हुन् ।

साधारण सदस्यको उक्त भेलामा पार्टी नेतृत्व सत्तालिप्त भएको आरोप लगाउदै पूर्व वडा अध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरुले आफुहरु स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।

चैत २४ गते स्थानीयतहको निर्वाचनमा भरतपुर महानगरपालिका अरु दललाई दिन नसकिने भन्दै पार्टीका वरिष्ठ नेता तथा गठबन्धनका तर्फबाट निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । साथै २९ चैतमा महानगरका २७ वटा वडा सभापतिहरुको आकस्मिक बैठक बसेर महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा आफ्नो उम्मेदवारी नछोड्ने बताउँदै नेतृत्वलाई खबरदारी समेत गरेका थिए ।

भरतपुर महानगरको कुनैपनि पदमा गठबन्धन नगर्ने भन्दै चितवन कांग्रेसले दियो यस्तो चेतावनी

 

वि.सं.२०७९ वैशाख ३ शनिवार १८:५७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...