back
CTIZAN AD

मुगु कांग्रेसले बनायो ३१ बर्षपछि आफ्नै भवन

वि.सं.२०७९ वैशाख ४ आइतवार

639 

shares

मुगु संसार न्यूज । नेपाली कांग्रेस मुगुले झण्डै ३१ बर्षपछि आफनै पार्टी कार्यालय भवन बनेको छ ।

बिस २०४७ सालमा स्वर्गीय बखतबहादुर शाहीको सभापतित्वमा स्थापना भएको कांग्रेसले ३१ बर्षपछि कार्यालय भवन बनाउन सफल भएको हो ।

उक्त भवनलाई बिपि प्रतिष्ठान नामाकरण गरिएको छ । भवनलाई रंगरोगन गरि चिटिक्क पारिएको छ । ३० बर्ष सम्म सदरमुकाममा भाडामा रहदै आएको पार्टी कार्यालय बैशाख १ गतेदेखि बिधिवत रुपमा नयाँ कार्यालय भवनमा सारेर कांग्रेसले कामकाज बैठक सभा समिक्षा गर्न थालेका छन् ।

तीन दशकपछि बनेको नयाँ पार्टी कार्यालय भवनमा सरेर काम गर्नु पाएकोमा पार्टी सभापति ऐनबहादुर शाहीले खुसी व्यक्त गरे । पार्टी कार्यालय भवन निर्माणमा सहयोग गर्ने छायाँनाथ रारा नगरपालिका मेयर हरिजंग शाहीलाई सभापतिले धन्यबाद समेत दिएका छन् ।

नयाँ पार्टी कार्यालय भवन निर्माण हुँदा कांग्रेसका कार्यकर्ता जिल्ला पदाधिकारीका सदस्य महासमिति महाधिबेशन प्रतिनिधि समेत उत्साहित भएको सभापति शाहीले जानकारी दिए ।

सभापतिले नवनिर्मित भवनमा सरेको कांग्रेसलाई आगामी दिन शुभ हुने तथा निर्बाचन जित्न सफल हुने बताए । पक्की दुईतले तल्लो भागमा सभाहल र माथिल्लो कोठाहरु क्रमसः सभापति उपसभापति सचिव कक्ष समेत बनाइएको छ । बजेट जुटाएर यो आर्थिक बर्षमा माथिल्लो तला थप्ने कांग्रेसको भनाई छ ।

२०४७ साल मुगुमा स्थापना भएको कांग्रेसले धेरै समय पछि आफनै कार्यालय भवन पाएको कांगे्रस बरिष्ठ नेता हस्तबहादुर मल्लको भनाई छ । मल्लले भने यो एउटा पार्टीको ठूलो सम्पति हो सबैले संरक्षण गर्न जरुरी छ । उक्त पार्टी कार्यालय भवन प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उदघाटन गरेकोे सभापति शाहीले बताए ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १३:२२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...