back
CTIZAN AD

महानगर र उपमहानगरको टुंगो लगाउन आज पनि गठबन्धनको बैठक बस्दै

वि.सं.२०७९ वैशाख ६ मंगलवार

675 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान र बेलुका २ पटक सम्म बसेको बैठकले महानगर र उपमहानगरमा भागवबण्डा मिलाउन नसकेपछि मंगलबार पुनः बस्ने गरि बैठक सकिएको थियो ।

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार आज बिहान ११ः३० मा बस्ने गठबन्धनको बैठकले महानगर र उपमहानगर भागबण्डाको टुंगो लगाउने छ ।

यसअघिका बैठकमा देशका ६ महानगरपालिका मध्ये कांग्रेसले काठमाडौं, ललितपुर, विराटनगर, नेकपा माओवादी केन्द्रले भरतपुर, एकिकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले विराटनगर पाउने सहमति जुटिसकेको थियो । तर, भरतपुर र पोखरामा देखिएको विवादका कारण शिर्ष नेतृत्व टुंगोमा पुग्न सकेको छैन ।

एकिकृत समाजवादीले पोखराको मेयरमा दावी गरिरहँदा नेपाली कांग्रेस पोखराले मेयर पद एकिकृत समाजवादीलाई दिन नसकिने बताउँदै निर्वाचनमा मित्रवत् प्रतिश्प्रर्धा गरेर जाने बताएको छ ।

त्यसैगरी भरतपुर कांग्रेसले पनि नेकपा माओवादी केन्द्रलाई मेयर पद नदिने अडानमा रहेको छ । यद्यपी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने भरतपुरको मेयर पदमा माओवादी केन्द्र र उपमेयर पद कांग्रेसले दावी गर्ने निर्णय भइसकेको बताउँदै आएका छन् ।

उपमहानगरको टुंगो पनि आजै लगाउने
त्यसैगरी आजको बैठकले उपमहानगरपालिकाको विषयमा पनि टुंगो लगाउने बताइएको छ । यसअघि नेपाली कांग्रेसले देशैभरीका ११ उपमहानगरपालिकाको प्रमुख आफुले लिने र उपप्रमुख पद नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपालाई दिने प्रस्ताव राख्दै आएको छ ।

यद्यपी घोराही, जितपर सिमरा उपमहानगरपालिका प्रमुखमा माओवादी केन्द्रले दावी गर्दै आएको छ भने एकिकृत समाजवादीले हेटौंडा तुलसीपुर र इटहरीमा दावी गरेको छ । साथै जनकपुर, नेपालगन्ज र कलैया उपमहानगरपालिका प्रमुखमा जसपाले दावी गर्दै आएको छ ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार ०८:३२ मा प्रकाशित

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा...