काठमाडौं । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका डोल्पाका दुई नेता एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
०७४ मा एमालेबाट काईके गाउँपालिको अध्यक्षमा निर्वाचित भएका अंगतकुमार राना र छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका सेनाङ गुरूङ्क माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
उनीहरुले संविधान संघीय लोकतन्त्र, गणतन्त्रलाई संस्थापन गर्न माधव कुमार नेपालको कदममा सहमति जनाउँदै बैशाख ५ गतेदेखि एमाले पार्टीको सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेर एकिकृत समाजवादीमा प्रवेश गरेको संयुक्त प्रेस विज्ञप्तिमा जनाएका छन् ।
राना नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य र पालिका अध्यक्ष रहेका थिए ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार ०८:५२ मा प्रकाशित






























