back
CTIZAN AD

वटलर र चाहलको उत्कृष्ट प्रदर्शनमा राजिस्थान रोयल्स ७ रनले विजयी

वि.सं.२०७९ वैशाख ६ मंगलवार

918 

shares

६ वैशाख, काठमाडौँ । राजिस्थान रोयल्सले २०२२ को आईपिएलमा चौँथो जित हासिल गरेको छ । राजिस्थानले कोलकत्ता नाईट राइडर्सलाई ७ रनले पराजित गर्दै चौँथो जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको राजिस्थानले २० ओभरमा ५ विकेट गुमाएर २१७ रन बनाएको थियो । राजिस्थानका लागि ब्याटिङ्गमा जस बटलरले सतकीय पारी खेलेका थिए । उनले ६१ बलमा १०३ रनको पारी खेलका थिए । उनको यस आईपिएलमा यो दोस्रो सतक हो । बलिङ्त तर्फ कोलकत्ताका लागि सुनिल नरिनले सर्वाधिक २ विकेट हात पारेका थिए ।

२१८ रनको विशाल लक्ष्य पछाएको कोलकत्ताको टिम १९.४ ओभरमा २१० रन बनाएर अलआउट हुन पुगेको थियो । कोलकत्ताका लागि कप्तान श्रेयस अय्यरले ५१ बलमा ८५ रनको पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । राजिस्थानका लागि बलिङ्गमा युजवेन्द्र चाहलले ४ ओभरमा ४० रन खर्चेर सर्वाधिक ५ विकेट हात पारेका थिए ।

जितसँगै राजिस्थान रोयल्स ६ खेलबाट ८ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार १०:०६ मा प्रकाशित