काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारहरुले राख्नुपर्ने धरौटीेका विषयमा सूचना प्रकाशित भएको छ ।
निर्वाचन आयोगद्धारा प्रकाशित सूचना अनुसार स्थानियतहको वडा सदस्यका लागि ५००, वडा अध्यक्ष १००० तथा अध्यक्ष, उपाध्यक्ष नगर प्रमुख र उपप्रमुखले १५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ ।
त्यसैगरी महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले बिपन्न व्यक्तिको हकमा धरौटीमा ५० प्रतिशत छुट हुने समेत सूचनामा उल्लेख छ ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार १०:१७ मा प्रकाशित






























