back
CTIZAN AD

कांग्रेसद्धारा महान्त्री शर्माको नेतृत्वमा प्रदेश डेस्क स्थापना

वि.सं.२०७९ वैशाख ६ मंगलवार

690 

shares

काठमाडौं । स्थानीयतह निर्वाचन अभियान व्यवस्थित तथा प्रभावकारी बनाउन नेपाली कांग्रेसले महामन्त्री विश्व प्रकाश शर्माको नेतृत्वमा प्रदेश डेस्क स्थापना गरेको छ ।

पार्टीका सभापति शेर बहादुर देउवाले सोमबार महामन्त्री शर्माले समन्वय गर्ने गरी उक्त डेस्क स्थापना गरेका हुन् । उक्त डेस्कले निर्वाचन परिचालन समितिका बैठकको निर्णयअनुसार स्थानीयतहको चुनाव प्रभावकारी बनाउने अभियानलाई सक्रिय रुपमा अगाडि बढाउनेछ ।

केन्द्रमा महामन्त्री शर्माले समन्वय गर्ने गरी स्थापना गरिएको उक्त प्रदेश डेस्कका लागि ७ जना सहमहामन्त्रीहरुलाई प्रदेश संयोजकहरु समेत तोकिएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार प्रदेश नं १ को संयोजकमा सहमहामन्त्री जीवन परियार, मधेशमा भीष्मराज आङ्दम्वे, बागमतीमा फरमूल्लाह मन्सुर, गण्डकीमा महालक्ष्मी उपाध्याय ‘डिना’, लुम्बिनीमा महेन्द्र यादव, कर्णालीमा बद्री पाण्डे र सुदूरपश्चिममा किशोरसिंह राठौरलाई जिम्मेवारी दिइएको छ ।

May be an image of text

वि.सं.२०७९ वैशाख ६ मंगलवार १०:४२ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...