back
CTIZAN AD

“एमालेको सच्चा उत्तराधिकारी हौं” भन्दै एकीकृत समाजवादीले ल्यायो निर्वाचन घोषणापत्र (पत्रसहित)

वि.सं.२०७९ वैशाख ६ मंगलवार

900 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधव कुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

निर्वाचन घोषणापत्रमा एकीकृत समाजवादीले आफुँलाई एमालेको सच्चा उत्तराधिकारी भएको जिकिर गरेको छ । एकीकृत समाजवादीले पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीको पछिल्लो रुपमा आफुँहरु भएको दाबी गरेको छ ।

“हामी २००६ साल वैशाख १० गते कमरेड पुष्पलालका नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीका सच्चा उत्तराधिकारी हौँ । हामी नै कम्युनिस्ट आन्दोलनको एकता अभियानका सच्चा अभियन्ता हौँ । हामी तत्कालीन नेकपा (माले) र मार्क्सवादीबीच एकीकरण भई बनेको नेकपा (एमाले) का उत्तराधिकारी हौँ”, घोषणापत्रमा भनिएको छ, “कमरेड पुष्पलालको समयदेखि नै हामी नेपाली कम्युनिस्टहरू बलियो, स्वच्छ, जवाफदेही, जनसेवी र पारदर्शी स्थानीय सरकार निर्माण गर्ने पक्षमा अविचलित रूपमा सङ्घर्षशील रहिआएका छौं । कम्युनिस्ट आन्दोलनका धरोहर कमरेड पुष्पलाल, कमरेड मनमोहन अधिकारी र जननेता कमरेड मदन भण्डारीलगायत आदरणीय अमर सहिद एवं आन्दोलनमा योगदान पुयाउनुहुने अग्रजहरूलाई यस अवसरमा स्मरण गर्दै उच्च सम्मान गर्न चाहन्छौं ।”

एकीकृत समाजवादीले आफ्नो घोषणापत्रमा पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर पनि राखेको छ ।

यस्तो छ घोषणापत्र

वि.सं.२०७९ वैशाख ६ मंगलवार १५:२७ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...