back
CTIZAN AD

आठौं महिला युवा उद्यमी सम्मेलन हुने

वि.सं.२०७९ वैशाख ६ मंगलवार

798 

shares

काठमाडौं । आठौं महिला युवा उद्यमी सम्मेलन हुने भएको छ । सम्मेलन नेपाली युवा उद्यमी मञ्च ( एनवाइइएफ)को आयोजनामा यहि वैशाख १० गते ह्यात प्यालेस, सोल्टीमोडमा हुने भएको हो ।

सम्मेलनमा निर्माण कार्य, शारिरिक व्यायाम, कृषि, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक, अन्तर्राष्ट्रिय मजदुर संगठन र युनाइटेड इन्स्योरेन्सलगायतले प्रायोजन गरेको उक्त सम्मेलनमा १५० भन्दा बढी उद्योगी व्यवसायीहरुको उपस्थिति रहने अपक्षा आयोजकले गरेको छ ।

सम्मेलनमा गोल्डस्टारको तर्फबाट विधुषी राना, आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्धमी महासंघ का अध्यक्ष निरु रायमाझी खत्री, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा सारगर्भित विचार व्यक्त गर्ने कार्यक्रम छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले सन् २०१३ देखि महिला युवा उद्यमी सम्मेलन आयोजना गर्दै आएको छ ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार १५:४५ मा प्रकाशित

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...