back
CTIZAN AD

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

वि.सं.२०८३ वैशाख ९ बुधवार

585 

shares

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार बीमा व्यवसायको केन्द्र अझै पनि बागमती प्रदेश नै देखिएको छ ।

सातै वटा प्रदेशमा कुल जारी भएका बीमालेख र संकलन भएको बीमाशुल्क दुवैमा बागमती प्रदेशको हिस्सा उल्लेख्य उक्त विवराण देखाएको हो ।

बागमती प्रदेशमा मात्र ९ लाख १५ हजार ५४८ बीमालेखबाट २४ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ भने कोशी प्रदेशले ३ लाख ३४ हजार ६११ बीमालेखबाट ३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ संकलन गरेको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशले ४५ हजार ३०७ बीमालेखबाट ३५ करोड २० लाख रुपैयाँ मात्र संकलन गरेको छ, जुन अन्य प्रदेशको तुलनामा निकै कम हो ।

क्षेत्रगत व्यवसायमा ’मोटर बीमा’ अगाडि
तथ्याङ्क अनुसार निर्जीवन बीमा व्यवसायमा सबैभन्दा ठूलो हिस्सा मोटर बीमाले ओगटेको छ । मोटर बीमा मार्फत मात्र ११ अर्ब ६२ करोड ९३ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै सम्पत्ति बीमाबाट ८ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ संकलन हुँदा कृषि तथा बाली बीमाको हिस्सा भने १ अर्ब २६ करोड १० लाख रुपैयाँ मात्र रहेको देखिएको छ ।

प्रकाशित यो तथ्याङ्कले नेपाली बीमा बजारमा निर्जीवन बीमाको दायरा क्रमशः विस्तार हुँदै गएको र विशेष गरी सहरी क्षेत्रमा बीमाको पहुँच बलियो बन्दै गएको देखाउँछ ।

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:१५ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...