back
CTIZAN AD

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

वि.सं.२०८३ वैशाख ९ बुधवार

495 

shares

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३ को चैत महिनामा उत्साहजनक व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा संचालमा रहेका निर्जीवन र लघु निर्जीवन बीमा कम्पनीहरूले चैत महिनामा मात्रै कुल ५ अर्ब ७ करोड ८७ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका हुन् ।

चैत महिनामा मात्रै कुल ५ अर्ब ७ करोड ८७ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका हुन् ।

तथ्याङ्क अनुसार चैत मसान्तसम्ममा निर्जीवन बीमा क्षेत्रको कुल व्यवसाय ३७ अर्ब ५६ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीहरूको उत्साजनक प्रदर्शन

चैत महिनामा मात्र हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब ८७ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको कुल तथ्याङ्क हेर्दा यी कम्पनीहरूले ३७ अर्ब ५ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

सबै भन्दा धेरै कमाउने शिखर इन्स्योरेन्स

प्रकाशित तथ्याङ्क अनुसार सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीहरूको सूचीमा शिखर इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । शिखरले चैत मसान्तसम्म ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले ३ अर्ब ६३ करोड २३ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ६४ करोड ३० लाख रुपैयाँ संकलन गरेका छन् ।

लघु बीमाको बढ्दो आकर्षण

लघु निर्जीवन बीमा व्यवसायतर्फ पनि आकर्षण बढ्दो देखिएको छ । चैत महिनामा मात्रै लघु बीमा कम्पनीहरूले २० करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । चैत मसान्तसम्ममा यी कम्पनीहरूको कुल व्यवसाय ५१ करोड ६९ लाख रुपैयाँ पुगेको छ । लघु बीमामा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स ले सबैभन्दा धेरै २ करोड ७८ लाख रुपैयाँ (चैत मसान्तसम्म) संकलन गर्न सफल भएको छ ।

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:१२ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...