back
CTIZAN AD

मानिस र जनावरको डिएनए परीक्षण

वि.सं.२०७९ वैशाख ६ मंगलवार

783 

shares

काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चालु आवमा १५० मानवीय डिएनए र झण्डै १०० जनावरको डिएनए परीक्षण भएको छ । साउनदेखि यता ४५ मुद्दाका १५० नमूना परीक्षण गरिएको र जनावरको ८५ मुद्दाका एक सय नमूना परीक्षण भएको हो । खासगरी अदालतबाट आएका मुद्दामा मानिसको डिएनए परीक्षण हुने गरेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिका डिएनए युनिटका प्रमुख निराजन थापा क्षेत्रीले बताए ।

उनका अनुसार कतिपय व्यक्तिगतरुपमा पनि डिएनए परीक्षण गर्न आएपनि नगरिएको उनले बताए । उनले भने, “व्यक्तिगतरुपमा गर्दा सामाजिकरुपमा समस्या आउनसक्ने देखिएकाले समितिले केही वर्ष पहिले निर्णय गरेर अहिले स्थगित गरिएको हो ।”

नेपाल प्रहरीले केही वर्ष पहिलेबाट आफ्नै प्रयोगशालामा डिएनए परीक्षण गर्दै आएको छ । प्रहरीले अनुसन्धानको क्रममा परीक्षण गर्छ भने अदालतमा पुगिसकेको मुद्दामा आवश्यक हुँदा समितिले परीक्षण गर्ने डिएनए युनिटका प्रमुख क्षेत्रीले बताए । अदालत, नेपाल प्रहरी, ब्रिटिस गोर्खासम्बन्धी तथ्याङ्क राख्ने कार्यालय, अध्यागमन कार्यालयबाट नमूना आउने गरेको छ ।

खासगरी अंश मुद्दामा वा नाता कायम गर्ने नातामा डिएनए परीक्षण हुँदै आएको छ । मुद्दा जिल्ला, पुनरावेदन वा सर्वोच्च अदालतमा पुग्दा पनि परीक्षणका लागि आउने गरेको डिएनए युनिटका प्रमुख क्षेत्रीले बताए । उनले भने, “कहिलेकाहीँ जिल्लामा नै मुद्दा हुँदा परीक्षण हुन्छ भने कहिले पुनरावेदनका लागि माथिल्लो अदालतमा पुग्दा पनि आउने गरेको छ ।”

डिएनए परीक्षणका लागि गत आवमा १२८ मुद्दाका २४० नमूना प्राप्त भएकामा समितिले राय दिइसकेको छ । जैविक नाता कायमसम्वनधी २३ मुद्दाका ६५ नमूना थियो । जनावरको प्रजाति पहिचानसम्वनधी ९६ मुद्दामा १५३ नमूना परीक्षण गरिएको थियो । ६२ मुद्दाका १०२ नमूना वन्यजन्तुको मासु, हाड, दाँत, छाला, रौँ, पित्त, सिङ, खाग, कस्तुरी, बीना, रगत शङ्का गरेर परीक्षणका लागि ल्याइएको थियो । यी नमूना डिभिजन वन कार्यालय, प्रहरी कार्यालय, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विभिन्न संरक्षण क्षेत्र, वन्यजन्तु आरक्ष, नगरपालिकाको कार्यालय, भेटेरिनरी अस्पताल र पशु सेवा कार्यालयबाट प्राप्त भएको थियो ।

प्रयोगशालाले जैविक नाता कायमसम्वन्धी एसटिआर एनालाइसिस र प्रजाति पहिचान डिएनए सिक्विन्सिङ प्रविधिमार्फत गरिँदै आएको छ । जनावर र मानिसको आठ वटासम्म नमूना एउटै प्रविधिबाट एउटै समयमा हुँदै आएको छ । सातामा दुई पटक परीक्षण गरिँदै आएको छ ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार १६:२२ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा...