काठमाडौं । आईपीओ निष्काशनका लागि थप २ लघुवित्तले अनुमति माग गरेको छ । आत्मनिर्भर लघुवित्त र अभियान लघुवित्तले शेयर निष्काशनको अनुमति माग गर्दैै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
आत्मानिर्भर लघुवित्तले २ करोेड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशनका लागि अनुमति माग गरेको हो । लघुवित्तले चैत २१ गते बोर्डमा आवेदन दिएको हो । शेयर निष्काशनका लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
यसैगरी अभियान लघुवित्तले ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । लघुवित्तले चैत ३० गते बोर्डमा आवेदन दिएको हो । शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
वि.सं.२०७९ वैशाख ६ मंगलवार १६:२४ मा प्रकाशित




























