back
CTIZAN AD

विवादीत जिल्लाका सभापतिलाई बोलाएर देउवाले भने–आफ्नो निर्णय बदल्नुस्

वि.सं.२०७९ वैशाख ६ मंगलवार

765 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुलाई बोलाएर निर्वाचनबारे आफ्नो निर्णय परिवर्तन गर्न आग्रह गरेका छन् ।

देशैभरीका ६ महानगर बाँडफाँटका विषयमा गठबन्धनभित्र छलफल भइरहेको अवस्थामा पोखरा र भरतपुरका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले महानगरको प्रमुख पद अन्यलाई दिन नहुने भन्दै विद्रोह गरिरहेका बेला सभापति देउवाले ती जिल्लाका सभापतिलाई बोलाएर आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।

सभापति देउवाले चितवनका सभापति राजेश्वर खनाललाई काठमाडौं बोलाएर भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिनुको विकल्प नभएको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका थिए । तर, चितवन सभापति खनालले चितवनका कार्यकर्ताको भावनाविपरीत निर्णय आफ् नजाने बताएका थिए ।

‘मैले महानगरपालिका र जिल्ला कार्यसमितिको निर्णय र चितवन कांग्रेसको धारणा स्पष्टसँग सभापतिसमक्ष राखेर जिल्ला फर्किँदैछु ।’ सभापति खनालले संचारमाध्यमसँग भनेका छन् ।

त्यसैगरी सोमबार सत्ता गठबन्धनका शिर्ष नेताहरुका बीच महानगरर उपमहानगर बाँडफाँटका विषयमा छलफल भइरहँदा पोखराका गठबन्धन दलका नेताहरुको पनि बैठक चलिरहेको थियो । बैठककै क्रममा कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले प्रेस विज्ञप्ति निकालेर एकिकृत समाजवादीसँग मित्रवत् प्रतिश्पर्धामा जाने निर्णय गरेको विज्ञप्ति जारी गरेका थिए ।

यता गठबन्धनभित्र सहमतिको प्रयास र उता जिल्लामा चरम असहमति बढ्दै गएपछि सभापति देउवाले गण्डकी प्रदेशका सभापति किशोरदत्त बराल, कास्कीका सभापति शुक्रराज शर्मा लगायतको टोलीलाई केन्द्रमै बोलाएका थिए ।

मंगलबार सभापति देउवासँगको भेटघाटका क्रममा पोखराका सभापति शुक्रराज शर्मासहितको टोलीले पोखरामा नेपाली कांग्रेसको स्थिति बलियो रहेको बताउँदै एकिकृत समावादीलाई प्रमुख पद दिनु अव्यवहारिक भएको बताएका थिए ।

‘२ लाख २ हजार ७ सय मत भएको पोखरामा नेपाली कांग्रेस एक्लैले ६५–७० हजार मत होल्ड गर्छ । त्यसमा अन्य पार्टीको पनि मिसाउँदा जित सुनिश्चित छ । त्यो मत अन्त लगेर मिसाउँदा मतदातालाई अप्ठेरो छ । यो कुरा अव्यवहारिक छ,’ कांग्रेस कास्कीका पूर्वसभापति यज्ञ बहादुर थापाले भने, ‘त्यसैले जसरी पनि गठबन्धनका अन्य सहयात्री दलहरुलाई सम्झाएर नेपाली कांग्रेसको मेयर पदमा लड्नु पर्यो भनेर जोडदार ढंगले तथ्य, तथ्यांक र तर्क दिएर पूरा कोशिष गरेका छौं ।’

उक्त भेटमा सभापति देउवाले निर्वाचनमा अन्य पार्टीलाई समेट्नुपर्ने कांग्रेसको जिम्मेवारी रहेको भन्दै यसलाई बुझिदिन आग्रह गरेको समेत थापाले बताए ।

गठबन्धनका यसअघिका बैठकमा देशका ६ महानगरपालिका मध्ये कांग्रेसले काठमाडौं, ललितपुर, विराटनगर, नेकपा माओवादी केन्द्रले भरतपुर, एकिकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले विराटनगर पाउने सहमति जुटिसकेको थियो । तर, भरतपुर र पोखरामा देखिएको विवादका कारण शिर्ष नेतृत्व टुंगोमा पुग्न सकेको छैन ।

 

वि.सं.२०७९ वैशाख ६ मंगलवार १६:३४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...