back
CTIZAN AD

महानगर भागवण्डा गर्न सत्तागठबन्धनबीच सहमति, कांग्रेसले छाड्यो पोखरा

वि.सं.२०७९ वैशाख ६ मंगलवार

822 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनका बीच महानगरपालिका भागवण्डामा सहमति जुटेको छ । गठबन्धनबीचको सहमतिअनुसार एकीकृत समाजवादीले पोखरा पाउने भएको छ ।

पोखराको विषयमा कांग्रेसभित्र तिव्र किचलो थियो । कांग्रेसभित्र पोखरा छाड्न नहुने मत बलियो थियो । तर, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पोखरा छाड्न सहमति गरेका हुन् ।

उनी गण्डकी प्रदेशबाट आएका कांग्रेस नेताहरुसँगको छलफल पछि एकीकृत समाजवादीलाई दिन सहमत भएका थिए । देउवासँग छलफलका लागि गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, पूर्व कानुनमन्त्री यज्ञ थापा र कास्कीका जिल्ला सभापति किशोरदत्त बराल बालुवाटार आएका थिए । नेताहरुले पोखराको पछिल्लो अवस्थाबारे देउवालाई ब्रिफिङ गरेका थिए ।

पोखराको विषयमा सहमति भएसँगै महानगरको बारेमा देखिएको विवाद पनि हल भएको छ । पाँच दलबीच यसअघि नै ५ महानगरको विषयमा सहमति भइसकेको थियो ।

दलहरुबीच भएको सहमतिअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पाउनेछ भने माओवादी, एकीकृत समाजवादी र जसपाले क्रमशः भरतपुर, पोखरा र वीरगञ्जको मेयर पाउनेछन् ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार १६:५० मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...