back
CTIZAN AD

घरमै पुगेर सरकारी सेवा, टोलटोलमा निःशुल्क इन्टरनेट, यस्तो छ जसपाको घोषणापत्र (पूर्णंपाठसहित)

वि.सं.२०७९ वैशाख ७ बुधवार

1.2K 

shares

काठमाडौं । स्थानीय तह चुनावका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले घोषणापत्रमा नागरिकलाई घर घरमै पुगेर सरकारी सेवा दिने बताएको छ ।

जन्मदर्ता, मृत्युदर्ता जस्ता आधारभूत सेवा घरमै पुगेर दिने प्रतिवद्धता गरिएको छ । त्यस्तै, शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्‍याइने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ।

“सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको २०० रुपैयाँ सम्मको खानेपानी बिल निशुल्क गरिने छ। आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रु १० हजारको अनुदान दिइने छ”, भनिएको छ।

हरेक स्थानीय तहमा बर्थिङ सेन्टर बनाउने पनि प्रतिवद्धता गरिएको छ । विद्यालय र टोलटोलमा निःशुल्क इन्टरनेट सेवा दिने घोषणापत्रमा उल्लेख छ । देशको आर्थिक विकासका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकार, निजी क्षेत्र र जनसमुदायको संयुक्त प्रयास र साझेदारीमा उपलब्ध प्राकृतिक एव मानवीय स्रोत साधनको प्रभावकारी परिचालन गर्ने नीति लिने उसको घोषणापत्रमा उल्लेख छ ।

यस्तो छ घोषणापत्र

वि.सं.२०७९ वैशाख ७ बुधवार १५:०४ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...