काठमाडौं । सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुंगो लगाएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा टुङ्ग्याएको हो ।
दलहरुबीच भएको सहमतिअनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवारी दिनेछ । त्यस्तै, कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ। ६ महानगरमध्ये माओवादीले ललितपुर महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ ।
त्यसैगरि, नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिने सहमति भएको छ । समाजवादीले काठमाडौं महानगरपालिकामा उपमेयरको उम्मेदवारी दिनेछ ।
यता जसपाले वीरगंज महानगरमा मेयरको उम्मेदवारी दिने सहमति भएको छ । जसपाले विराटनगरपालिकामा उपमेयरको उम्मेदवारी दिनेछ।
यस्तो छ सहमति पत्र


वि.सं.२०७९ वैशाख ७ बुधवार १७:१२ मा प्रकाशित






























