back
CTIZAN AD

निजी शिक्षण संस्थाले पूर्वाधारमा ध्यान दिनुपर्ने

वि.सं.२०७९ वैशाख ८ बिहीवार

714 

shares

चितवन । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा यादवराज कोइरालाले समाज, मुलुक र विश्वविद्यालयलाई शक्ति प्रदान गर्नुपर्ने बताए । श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले निजी शिक्षण संस्थाले पूर्वाधारमा पनि विशेष ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा महेश्वर दाहाल, विश्वविद्यालयबाट सम्बन्धन पाएका निजी स्वास्थ्य शिक्षण संस्थाको छाता संस्था एशियाका अध्यक्ष यमप्रसाद अधिकारी, विश्वविद्यालयका डिन डा शैलेशमणि पोख्रेल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले शैक्षिक क्षेत्रमा सुधारका लागि अध्ययनसँगै अनुसन्धानमा पनि जोड दिनुपर्छ भनेका छन् ।

पाँचतले सो भवन झण्डै रु आठ करोडमा निर्माण गरिएको हो । विसं २०६४ मा स्थापना भएको कलेजमा हाल स्वास्थ्य सङ्कायमा प्रविणता प्रमाणपत्र तह र स्नातकको पठनपाठन हुँदै आएको छ ।

 

वि.सं.२०७९ वैशाख ८ बिहीवार १६:१४ मा प्रकाशित

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...