back
CTIZAN AD

राजमोले टुंग्यायो अर्घाखाँचीका सबै वडामा उम्मेदवार, पाणिनी २ मा तारा सोमरे सिफारिस

वि.सं.२०७९ वैशाख ८ बिहीवार

1.3K 

shares

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा (राजमो) अर्घाखाँचीले आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि अर्घाखाँचीका सबै पालिकाका वडामा आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्लाका अध्यक्ष थमन केसीका अनुसार अर्धाखाँचीको भूमिका स्थान नगरपालिकाका १० वडा, सन्धिखर्क नगरपालिकाका १२ वडा, मालारानी गाउँपालिका ९ वडा, सितगंगा नगरपालिकाका २,४,६,७,८,१२ नं वडा, पाणिनी गाउँपालिकाका ४ वडा र छत्रदेव गाउँपालिकाका ३, ७ र ८ नम्बर वडामा आफ्नो उम्मेदवारको टुंगो लगाएको हो ।

पाणीनी २ मा तारा सोमरे
त्यसैगरी राष्ट्रिय जनमोर्चा पाणिनी गाउँपालिकाका अध्यक्ष देवि प्रसाद भुसालको अध्यक्षतामा बिहीबार बसेको बैठकले वडा नं २ को अध्यक्षमा तारा सोमरेको नाम टुंगो लगाएको हो ।

लामो समयदेखि भारतमा रहेर मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका बैकल्पिक सदस्य रहेका सोमरे हाल समाजका हिसार नगर कमिटीका सचिव समेत हुन् । समरेले भारतका विभिन्न ठाउँमा कार्यरत नेपाली मजदुरको हकहितमा उल्लेखनीय काम गदै आएका छन् ।

त्यस्तै वडा नं १ का अध्यक्ष देव रावल र सदस्यमा शंकर भट्टराई तथा महिला सदस्य पम्फा सारु, वडा नं २ मा अध्यक्ष तारा सोमरेको नाम टुंगो लगाइएको छ भने सदस्यहरुमा १० गतेसम्म नामावली दिने निर्णय गरिएको छ ।

त्यस्तै वडा नं ३ अध्यक्ष तुल्सी भुसाल, वडा न ४ मा अध्यक्ष निमिराज भट्टराई, महिला सदस्य मिना वेल्वासेको नाम टुंगो लगाइएको छ ।

चुनाव प्रचारप्रसार समिती गठन
त्यसैगरी अध्यक्ष भुसालको संयोजकत्वमा २० सदस्यीय चुनाव प्रचारप्रसार समिती गठन गरिएको छ ।

सििमतको सहसंयोजकमा तारा सोमरे, सदस्यहरुमा सावित्रा घिमिरे, मुक्तिराम वेल्वासे, देव बहादुर रावल, शंकर भट्टराई, घनश्याम वेल्वासे,चन्द्रमणी घिमेरे, हिमनाथ खनाल, मिजास सोमरे, केहर सिंह घर्ती मगर,चन्द्र बहादुर थापा, बल बहादुर सारु, मोतिराज गौतम, मिना वेल्वासे, गोपाल वेल्वासे, निमिराज भट्टराई रहेका छन् ।

No photo description available.

वि.सं.२०७९ वैशाख ८ बिहीवार १६:१० मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...