back

एमालेले टुंगो लगायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार, यस्तो छ नामावली

वि.सं.२०७९ वैशाख ११ आइतवार

228 

shares
NTC AD
Global IME AD

भक्तपुर । नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकले काठमाडौँ महानगरपालिकाको प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डङ्गोल, ललितपुरमा प्रमुख हरिकृष्ण व्यञ्जनकार, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पोखरा प्रमुखमा दीपक पौडेल, उपप्रमुखमा मञ्जुदेवी गुरुङ, भरतपुरको प्रमुखमा विजय सुवेदी, वीरगञ्जमा प्रमुख विजय सरावगीलाई उम्मेदवार बनाउने गरी निर्णय गरेको छ । भरतपुरको उपप्रमुख, वीरगञ्जको उपप्रमुख र विराटनगरको प्रमुख र उपप्रमुख भने नाम टुङ्याउन बाँकी राखेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरू जनकपुर र जितपुर सिमराबाहेक अन्यत्र टुङ्ग्याएको छ ।

उपमहानगरपालिकातर्फ धनगढीको प्रमुखमा रणवहादुर चन्द, उपप्रमुखमा चन्द्रकला राना थारू, नेपालगञ्जको प्रमुखमा पशुपतिदयाल मिश्र, उपप्रमुखमा शान्तिदेवी ढकाल, तुलसीपुरको प्रमुखमा टीकाराम खडका, उपप्रमुखमा सानी चौधरी, घोराहीको प्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा मनकुमारी डिसी, बुटवलको प्रमुखमा बाबुराम भट्टराई, उप्रमुखमा सावित्रादेवी अर्याल, हेटौँडाको प्रमुखमा अनन्त पौडेल, उपप्रमुखमा सुमित्रा काफ्ले, धरानको प्रमुखमा मन्जु काफ्ले भण्डारी, उपप्रमुखमा पदम लिम्बू, इटहरीको प्रमुखमा यामकुमार सुब्बा, उपप्रमुखमा सङ्गीता चौधरी, कलैयाको प्रमुखमा विनोद शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनकपुरमा भने प्रमुख तथा उपप्रमुख दुवै बाँकी छ । यसैगरी कलैयाको उपप्रमुख र जितपुर सिमराको प्रमुख तथा उपप्रमुखको नाम टुङ्ग्याउन बाँकी राखेको छ । बाँकी रहेको ठाउँमा तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अहिलेलाई नाम खाली राखेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

 

वि.सं.२०७९ वैशाख ११ आइतवार ०७:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...