back
CTIZAN AD

फुट्यो नेकपा : विप्लव पक्षले निष्कासन गर्‍यो हेमन्तप्रकाश र धर्मेन्द्रलाई

वि.सं.२०७९ वैशाख १४ बुधवार

1.1K 

shares

काठमाडौं । अन्ततः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छ । महासचिव विप्लवले फरक मत राख्ने नेताहरु हेमन्तप्रकाश वली र धमेन्द्र बास्तोलालाई पार्टीबाट निष्काशन गरेका छन् । बुधबार बिहान सिमित सचिवालय सदस्यको बैठक बसाल्दै विप्लवले कारबाहीको निर्णय गरेका थिए ।

“सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिँडेकाले पार्टी विधानअनुसार दुवै जनालाई जनालाई अनिश्चित समयका लागि सम्पूर्णं जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ”, बैठक पछि विप्लवले जारी गरेको वक्तव्यमा भनिएको छ, “हामी पार्टीभित्र यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर, विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको छ ।”

महासचिव विप्लवले स्थानीय चुनावलाई उपयोग गर्ने पार्टी निर्णय विपरित बास्तोला र वलीले वक्तव्य दिँदै आएको आरोप लगाएका छन् । बास्तोला र वलीको वक्तव्य पार्टी निर्णय र अनुशासन विपरित भएको विप्लवको निष्कर्ष छ । बास्तोलाले स्थानीय तहको चुनावमा उम्मेद्वारी दिनेलाई फिर्ता लिन गरेको निर्देशनलाई विप्लवले ‘हाँस्यास्पद’ भनेका छन् ।

तर, नेकपाको हालै सम्पन्न केन्द्रीय समितिको पूर्णं बैठकमा भने विप्लव स्वयम् अल्पमतमा परेका थिए । विप्लवले राखेको ‘चुनाव उपयोगसम्बन्धी प्रस्ताव’ झण्डै दुई तिहाई केन्द्रीय सदस्यले अस्वीकार गरेका थिए । बैठकले विप्लवको प्रस्तावको केही अंश समेटेर एमसीसी तथा राष्ट्रवादी शक्तिलाई चुनावमा समर्थन गर्न सक्ने तर, पार्टी चुनावमा भाग नलिने निर्णय गरेको थियो ।

तर, लगत्तै विप्लव भने पार्टीलाई दर्ता गर्दै वैधानिक हिसाबले नै चुनावमा सहभागि हुने तयारीमा लागे । अहिले नेकपाले स्वतन्त्र र एमालेलगायतसँग सहकार्य गरेर झण्डै २ दर्जन पालिकामा उम्मेदवारी दिएको छ । जुन उम्मेदवारीसँगै नेकपाभित्रको विवाद चरमतातर्फ पुगेको थियो ।

फरक मत राख्ने नेतामाथि विप्लवले गरेको कारबाहीसँगै भने नेकपा औपचारिक रुपमै विभाजित अवस्थामा पुगेको छ । बास्तोला र वली पक्षले केन्द्रीय समितिको बैठकबाट निर्णय लिने बताएको छ । पार्टीभित्र बहुमत रहेको निष्कर्षसहित बास्तोला र वलीले विप्लवमाथि कारबाही गर्ने तयारी गरेका छन् ।

यस्ताे छ विप्लवले सार्वजनिक गरेकाे वक्तव्य

सम्बन्धित समाचार

चुनावसँगै विभाजित भयो विप्लव नेकपा

वि.सं.२०७९ वैशाख १४ बुधवार १२:१२ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...