back
CTIZAN AD

चुनावसँगै विभाजित भयो विप्लव नेकपा

वि.सं.२०७९ वैशाख १३ मंगलवार

864 

shares

काठमाडौं । चुनाव उपयोगको विषयलाई लिएर विवाद चुलिएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विग्रहतिर पुगेको छ । पार्टी महासचिवसहितको पंक्तिले चुनावमा उम्मेदवार उठाउने र सचिवालयको बहुमत समूह सक्रिय बहिस्कार अभियानमा लागेसँगै नेकपा विग्रहतिर पुगेको हो ।

महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षबाट उम्मेदवार उठाएका छन् । कतै एमाले त कतै कांग्रेससँग सहकार्य गर्दै विप्लवले स्वतन्त्र ढंगबाट उम्मेदवारी दिन लगाएका छन् । रुकुम रोल्पासहित विप्लव नेकपाले देशैभरि करिब २ दर्जनभन्दा बढी पालिकामा उम्मेदवारी दिएको छ ।

नेकपाले रोल्पाका ६ पालिकामा अध्यक्षको उम्मेदवारी दिएको छ भने कालीकोटका ९ वटै पालिकामा उम्मेदवारी दर्ता गराएको छ । कालिकोटमा विप्लव नेकपाले सबैजसो पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, गुल्मीको धुर्कोट, पाल्पाको तिनाउ, गोरखाको गोरखा नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका, सर्लाहीको बाग्मती नगरपालिकालगायतमा विप्लव नेकपाको उम्मेदवारी परेको छ ।

विप्लव नेकपाले कतिपय स्वतन्त्र हिसाबले उम्मेदवारी दिएको छ भने कतिपय ठाउँमा एमालेको चुनाव चिन्हबाट उम्मेदवारी दिएको छ । रोल्पाको सुनछहरी गाउँपालिकामा विप्लव नेकपाले एमाले र कांग्रेससँग तालमेल गर्दै उम्मेदवारी दिएको छ । जहाँ विप्लवका नेताहरु एमालेको चुनाव चिन्हबाट चुनाव लड्दैछन् ।

उम्मेदवारी फिर्ता लिन बास्तोला पक्षको निर्देशन

चुनावमा उम्मेदवारी दिएको विषयले नेकपाभित्र किचलो बढेको छ । पार्टी निर्णयविपरित उम्मेदवारी दिइएको भन्दै नेता धर्मेन्द्र बास्तोलाले प्रेस वक्तव्य नै जारी गरेर उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका छन् । उनले सोमबार जारी गरेको वक्तव्यमा “पार्टी निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिनु” भनिएको छ ।

“कतिपय कमरेडहरूले विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचार सार्वजनिक रूपमा प्रकाशित भएकाले पार्टीको नीति अनुशरण गर्ने कमरेडहरुलाई नीति विपरित देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि सचिवालय हार्दिक अनुरोध गर्दछ”, बास्तोलाले निर्देशनात्मक रुपमा जारी गरेको वक्तव्यमा भनिएको छ ।

नेकपाको १२ औं केन्द्रीय समिति बैठकले स्पष्ट रुपमै चुनावमा भाग नलिने निर्णय गरेको उनले जानकारी गराएका छन् । “देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठने नीति पारित भए बमोजिम पार्टीले चुनाव उपयोग नगर्ने नीतिको तात्पर्य स्वाभाविक रूपले न्यूनतम् मूल्यमा केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने मान्यताका विपरीत रहेको छ”, उनले वक्तव्यमा भनेका छन् ।

चुनाव बहिष्कारको पक्षमा केन्द्रीय समितिका बहुमत पक्ष

विप्लव नेकपाको सचिवालय र केन्द्रीय समितिमा झण्डै दुई तिहाई नेताहरु चुनाव बहिष्कारको पक्षमा छन् । नेताहरुले व्यवस्थाकै विकल्प खोज्नुपर्ने भन्दै संसदीय व्यवस्थाभित्रका कुनै पनि चुनावलाई प्रयोग गर्न नहुने अडान राख्दै आएका छन् । गत चैतमा सम्पन्न १२ औं केन्द्रीय समिति बैठकले पनि चुनाव उपयोगको नीतिलाई अस्वीकार गरेको थियो ।

चुनाव उपयोग गर्ने प्रस्तावसहित विप्लवले राखेको प्रस्ताव अल्पमतमा परेको थियो । बैठकले चुनाव उपयोग गर्ने पक्षमा रहेका नेताहरुको भावनाअनुसार पार्टीबाट उम्मेदवारी नदिने तर, राष्ट्रभक्त, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर, पार्टीको उक्त निर्णय विपरित महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सक्रिय देखिए । दुई नेताहरु पार्टी दर्ता गर्ने ध्याउन्न स्वरुप निर्वाचन आयोगसमेत पुगेका थिए ।

“पार्टी विघटन भइसक्यो”

चुनावमा नजाने पार्टी निर्णयविपरित विप्लव पक्ष अगाडि बढेपछि नेकपाको बहुमत पक्ष भने पार्टी विघटन भइसकेको निष्कर्षमा पुगेको छ । नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ पार्टीभित्र गम्भीर खालको संघर्ष चलिरहेको भन्दै अब केन्द्रीय समिति बैठकबाट निर्णय लिने बताएका छन् । उनले आफुँहरुसँग केन्द्रीय समितिको बहुमत रहेको बताउँदै बहुमतको निर्णयविपरित चल्ने पक्षमाथि कारबाही हुने स्पष्ट पारे ।

“पार्टीभित्र गम्भीर खालको दुईलाइन संघर्ष चल्छ, जुन पक्षले निर्णयको उल्लंघन गर्छ, त्यसलाई कारबाही हुनुपर्छ”, वलीले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, “सर्वशक्ति नै केन्द्रीय समिति हो, यसका विरुद्ध जाने कसैलाई अधिकार छैन, त्यो महासचिव होस् या अरु कोही होस् ।”

सम्बन्धित समाचार

विप्लव समूहले दियो विभिन्न स्थानीयतहमा उम्मेदवारी, विपक्षीद्धारा उम्मेदवारी फिर्ता लिन अपिल

वि.सं.२०७९ वैशाख १३ मंगलवार १३:३३ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...