back
CTIZAN AD

सन्तोषको उम्मेदवारीले पैँयुमा हलचल, त्रिपक्षीय प्रतिस्पर्धा हुने

वि.सं.२०७९ वैशाख १३ मंगलवार

1.1K 

shares

काठमाडौं । गण्डकी प्रदेश पर्वत जिल्लाको पैँयु गाउँपालिकामा त्रिपक्षीय प्रतिष्पर्धा हुने सम्भावना बढेर गएको छ । नेकपा समाजवादीका तर्फबाट संतोष न्यौपानेले उम्मेदवारी दिए लगतै पैयुमा त्रिपक्षीय प्रतिष्पर्धाको सम्भावना बढेको हो ।

नेपाली कांग्रेसका तर्फबाट तोरण (राज) मल्ल ठकुरी, नेकपा (एमाले)का तर्फबाट महेन्द्र श्रेष्ठ, समाजवादीका तर्फबाट सन्तोष न्यौपाने, राप्रपाका तर्फबाट थनु मल्ल र स्वतन्त्रमा विकास श्रेष्ठ, गंगाधर काफ्ले र भीमप्रताप सेनको उम्मेदवारी परेपनि राज र महेन्द्रसँगै सन्तोष पनि प्रतिष्पर्धामा पुग्ने देखिएको हो । दरखास्त हालेका उम्मेदवारमध्ये विकास श्रेष्ठले फिर्ता लिन सक्ने सम्भावना देखिएको छ ।

समाजवादी अखिलको स्थायी समिति सदस्य तथा नेकपा समाजवादी पर्वतको उपसचिव सम्हालेका २६ वर्षीय न्यौपानेले जनप्रशासन र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । राजनैतिक र प्राज्ञिक पृष्ठभूमिका युवा प्रत्यासी न्यौपानेलाई पैँयुखोलामा ठूलो संख्यामा रहेको समुदायले मात्र नभै युवापंक्तिले अघि बढ्न प्रोत्साहन गरेको देखिएको छ । कार्यकर्ताको संख्या कम भएपनि उनको उम्मेदवारीको तौलले हलचल ल्याएको भनिएको छ ।

माओवादीसहितको गठबन्धनको उम्मेदवारका रूपमा राज मल्ल देखिएका छन् भने एमालेमा निर्विवाद भनिएका महेन्द्र यसअघि वडा नं ४ को अध्यक्ष चलाएका व्यक्ति हुन् । युवा पृष्ठभुमिका उम्मेदवारबिचको प्रतिस्पर्धामा सन्तुलन हुने भएकोले निर्वाचन स्वच्छ र उदाहरणीय हुने अपेच्छा पैँयुबासीले गरेका छन ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार १३:४५ मा प्रकाशित

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...