back
CTIZAN AD

अपर सोलुले बैशाख २२ गतेदेखि आईपिओ निष्काशन गर्ने

वि.सं.२०७९ वैशाख १३ मंगलवार

816 

shares

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले बैशाख २२ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । अपर सोलुले आयोजना प्रभावित र स्थानीयका लागि आईपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले यी क्षेत्रका स्थानीयलाई १३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ५ गतेसम्म र सो समयसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले हिजो बैशाख ७ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले आयोजना प्रभावित र स्थानीयलाई गरि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशनको गर्ने छ । स्थानीयलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार १४:१७ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...