back
CTIZAN AD

विप्लव समूहले दियो विभिन्न स्थानीयतहमा उम्मेदवारी, विपक्षीद्धारा उम्मेदवारी फिर्ता लिन अपिल

वि.सं.२०७९ वैशाख १३ मंगलवार

876 

shares

 काठमाडौं ।  स्थानीयतह निर्वाचनका लागि विभिन्न पालिकामा उम्मेदवारी दिँदै हिँडेका विप्लव नेतृत्वका नेताहरुलाई विपक्षी समूहले उम्मेदवारी फिर्ता लिन अपिल गरेको छ ।

रोल्पा लगायतका विभिन्न जिल्लामा पालिका तथा वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका विप्लव नेतृत्वका नेताहरुलाई विपक्षी धमेन्द्र वास्तोला ‘कन्चन’ ले पार्टीको नीति विपरित गएको भन्दै उम्मेदवारी फिर्ता लिन अपिल गरेका हुन् ।

‘पार्टीको आठौं केन्द्रीय समितिको १२ औं बैठकको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधि उम्मेदवरालाई समर्थन गर्न नसकिने, पार्टीका सदस्यहरु उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भएबमोजिम पार्टीैले चुनाव उपयोग नगर्ने नीतिको तात्पर्य स्वभाविक रुपले न्यूनतम् मूल्यमा केन्द्रीय समितिका सदस्य र जिल्लाको पदाधिकारी उम्मेदवारमा नउठ्ने मान्यताका विपरीत कतिपय कमरेडहरुले विभिन्न पदहरुमा मनोनयन दर्ता गरेका समाचारहरु सार्वजनिक रुपमा प्रकाशित भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरुलाई नीति विपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टी सचिवालय हार्दिक अपिल गर्दछ ।’ सचिवालय सदस्यका नाममा जारी विज्ञप्तिमा भनिएको छ ।

कुन कुन जिल्लामा दियो त विप्लव समूहले उम्मेदवारी ?
सो पार्टीका नेताहरुले रोल्पाका ६ वटा पालिकामा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । जसमा गंगादेवी गाउँपालिकामा चुडामणि वली, थवाङमा अमित घर्तीमगर, सुनिल स्मृतिमा कमल थापा, लुंग्रीमा भुपेन्द्र खड्का, सुनछरीमा पुष्टमन घर्तीमगर र परिवर्तन गाउँपालिका प्रमुखमा लालबहादुर डाँगीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै अन्य जिल्लामा कपिलवस्तुको शिवराज नगरपालिका प्रमुखमा केन्द्रीय सदस्य भेषराज भुषालले उम्मेदवारी दर्ता गराएका छन् भने शिवराज ९ को वडा अध्यक्षमा मालबहादुर घर्तीमगर र वडा सदस्यमा सुमित्रा कुमारीले उम्मेदवारी दिएकी छन् । साथै वाणगंगा नगरपालिका ५ को वडा सदस्यमा ज्ञानेन्द्र पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै कालिकोटका नौ वटै पालिकामा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको बताइएको छ । कालिकोट सो पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माको जिल्ला हो भने चन्दको प्रभाव रहेको क्षेत्र मानिन्छ ।

त्यस्तै गुल्मी, पाल्पा, गोरखा,डडेल्धुरा, सर्लाहीलगायतका जिल्लाका पालिकामा पनि सो समूहले स्वतन्त्र तथा पार्टीका तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार ११:४८ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...