back
CTIZAN AD

टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी

वि.सं.२०७९ वैशाख १३ मंगलवार

1.8K 

shares

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको हो ।
टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले नगरप्रमुख, उपप्रमुखसहित २५१ जनाको उम्मेदवारी परेको जानकारी दिइन । उनका अनुसार नगर उपप्रमुखमा ६, वडाध्यक्षमा ५८ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, वडा सदस्यमा ९७, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३२ जनाको उम्मेदवारी परेको शर्माले बताइन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट प्रकाश अधिकारी नगरप्रमुख र ज्ञानमाया डङ्गोल उपप्रमुखमा निर्वाचित भएका थिए ।

हाल नेकपा (एमाले)बाट वर्तमान नगरप्रमुख अधिकारी र उपप्रमुख डङ्गोलको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा रजनी थापा र उपप्रमुखमा मुरारी तामाङको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

साविकको गोङ्गबु, धापासी, टोखा, झोर महाङ्काल गाउँ विकास समितिलाई समावेश गरेर स्थापना गरिएको टोखामा हाल ११ वडा रहेका छन् ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार ११:५४ मा प्रकाशित

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका...

पशु चौपायमा कृत्रिम गर्भाधान 

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन । जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान...